अमेरिकास्थित संघीय प्रवासी अधिकारीहरुले एक सातायता चारवटा प्रान्तबाट सयौँ आप्रवासीहरुलाई गिरफ्तार गरेका छन् ।
एक सातायता संघीय प्रवासी अधिकारीहरुले ती आप्रवासीहरुलाई गिरफ्तार गरेर हिरासतमा लिएका हुन् ।

अमेरिका बस्नका लागि आधिकारी कागजपत्र नभएका आप्रवासीहरुलाई गिरफ्तार गरिएको घटनालाई सरकारी अधिकारीहरुले नियमति प्रक्रिया भनेका छन् ।
अमेरिकी प्रवासी एवम् अध्यागमन विभागका लस एन्जल्स क्षेत्रीय कार्यालयका निर्देशक डेभिड मारिनका अनुसार एटलान्टा, न्यूयोर्क, शिकागो र लस एन्जल्स आसपासका क्षेत्रबाट आधिकारिक दस्तावेज नबोकेका आप्रवासीविरुद्ध कारबाही थालिएको हो ।
मारिनका अनुसार पाँच दिनसम्म चलाइएको यस कारबाहीका क्रममा कम्तिमा पनि १६१ जना आप्रवासी पक्राउ परेका छन् ।
यसका अलावा तीन अन्य प्रान्तका कार्यक्षेत्र एटलान्टास्थित कार्यालयका प्रवक्ता ब्रायन कक्सका अनुसार यी प्रान्तबाट पनि कम्तिमा २ सय जना आप्रवासीलाई गिरफ्तार गरी हिरासतमा राखिएको छ ।







