नेत्र विक्रम चन्द विप्लव नेतृत्व माओवादीको फागुन १ गते सुरु हुने आठौं महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सो पार्टीले बताएको छ ।

भोलि आइतबार खुलामंचमा सुरु हुने आठौं महाधिवेशनका लागि राजधानीको खुलामंचमा सम्पूर्ण व्यवस्थापन तयार भएको पार्टीका स्थायी समिति सदस्य एवं उपत्यका व्युरो इन्चार्ज सन्तोष बुढामगरले बताए ।

खुलामंचलाई राता झण्डा र ब्यानरले दुलही झै सिंगारिएर तयार पारिएको छ । राजधानीका प्रत्येक चोक र गल्लीहरुमा हशिया हथौडा अंकित झण्डा गाडिएका छन् ।

मुख्य द्धारहरुमा ठूलो आकारमा आठौं महाधिवेशन भव्य रुपले सफल पारौं भन्ने नारासहितको व्यानरहरू टांगिएका छन् ।

महाधिवेशनको उद्घाटन सत्रका तयार पारिएको मचं

महाधिवेशनको पूर्व सन्ध्यामा राजधानीमा तयार पारिएको गेट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार