सर्वाधिक लोकप्रिय भिडियो च्यानल युट्युबमा अहिले नेपाली संगीतकार तथा गीतकार कालिप्रसाद बास्कोटाको ‘सुन साइली’ भन्ने बोलको गीतले उद्युम मच्चाईरहेको छ ।

दैनिक ५० हजार भन्दा बढीले भिजिट गरिरहेको यो गीतको अडियो मात्रै युट्युबमा उपलब्ध छ ।

हेमन्त रानाको स्वर रहेको यो गीतको गीतकार तथा संगीतकार उनै बाँस्कोटा हुन्, जसले ‘पिरतीको छाता ओढाईदेउ’, ‘निर जहिले रिसाउने’ जस्ता हिट गीत दिइसकेका छन् ।

उनैको ‘साइली’ नामक यो गीत युट्युबमा अपलोड भएको १५ दिनको बिचमा ८ लाख ५० हजार भन्दा बढीले सुनिसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार