वास्तवमा दश वर्षे जनयुद्ध महान् थियो । त्यसले नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा ठूलो परिवर्तन ल्यायो । नेपालको वर्ग, जाती, क्षेत्र र लिंगका आम समुदायमा त्यसले ठूलो उथलपुथल ल्याइदियो । यसकारण पनि दश वर्षे जनयुद्धलाई कुनैपनि मानेमा कमजोर आँक्नु हुँदैन ।
त्यही दश वर्षे जनयुद्धका क्रममा भएका ऐतिहासिक कालक्रम यहाँ प्रस्तुत गरिएको छ ।

२०५२ साल
० फागुन १ ः नेकपा माओवादीद्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ !’ भन्ने मूल नाराका साथ जनयुद्धको सुरुआत । रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैङ्क कब्जा ।
० फागुन ६ ः नेकपा माओवादीका महामन्त्री प्रचण्डद्वारा एक प्रेस वक्तव्यमार्फत् ती कार्बाहीहरूको जिम्मेवारी स्वीकार ।
० फागुन १४ ः गोरखामा प्रहरीद्वारा १४ वर्षीय दिलबहादुर रम्तेलको गोली हानी हत्या ।
० फागुन १५ ः रुकुमको पीपलमा छजना खत्री बन्धुहरूको प्रहरीद्वारा हत्या ।
२०५३ साल
० असार ः माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘योजनाबद्ध ढङ्गले छापामार युद्धको विकास गरौँ !’ भन्ने मूल नारासहित जनयुद्धको विकासको दोस्रो योजना सुरु ।
० वैशाख २४ ः रुकुमको तकसेरामा प्रहरीविरुद्ध पहिलो सफल एम्बुस । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कब्जा ।
०पुस १९ ः रामेछापको बेथानमा रहेको प्रहरी चौकी कब्जा । जनयुद्ध सुरुआतपछि प्रहरी चौकी कब्जाको यो पहिलो घटना । आक्रमणको क्रममा सो कार्बाहीका कमान्डर तीर्थ गौतम, महिला छापामार दिल माया योञ्जनसहित तीन छापामारको सहादत ।
२०५४ साल
० असार ः माओवादीको केसको बैठकले ‘छापामार युद्धलाई विकासको अर्को नयाँ उचाइमा उठाआँैँ !’ भन्ने मूल नारासहितको तेस्रो योजना पारित ।
० भदौ ः तनहँुको कालिकाटारमा प्रहरी गस्ती माथि छापामारहरूद्वारा आक्रमण र हतियार कब्जा ।
० माघ २२ ः धादिङको खहरेमा एम्बुस । दुई राइफल र नेपाल बैङ्क लिमिटेडको बीस लाख रुपियाँ कब्जा ।
० फागुन २४ ः रोल्पाको कोर्चावाङ निम्रीमा प्रहरी विरुद्ध एम्बुस । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कब्जा ।
० चैत ४ ः गोरखाको सौरपानीमा एम्बुस । तीन प्रहरीको मृत्यु र एक राइफल कब्जा ।
२०५५ साल
० वैशाख ः तत्कालीन नेपाली काङ्ग्रेसको सरकारले ‘सबैलाई मार, सबै चीज जलाऊ र सबै चीज लूट’ को किलो शेरा टू नामक क्रूर अपरेसन सञ्चालन । प्रहरीद्वारा यो अपरेसनको क्रममा पाँचसय जनताको हत्या ।
० भदौ ः नेकपा माओवादीको केन्द्रीय समितिको चौथो विस्तारित बैठक सम्पन्न । ‘आधार इलाका निर्माणको दिशामा अघि बढौँ !’ भने मूल नारा तय ।
० कात्तिक १० ः छापामारहरूले सल्यानको झिम्पे टावर सुरक्षार्थ रहेको प्रहरी चौकी कब्जा । पूर्वमा काभ्रेको फलाँटेमा दिउँसै प्रहरी चौकी कब्जा । सोही दिन पर्साको निर्मलवस्ती र धनुषाको ललियामा रहेका चौकीहरू कब्जा ।
० पुस १८ ः २०५३ पुस १९ गतेको बेथान कार्बाहीको वीरताको निरन्तरताको क्रममा ललितपुरको भट्टेडाँडा चौकी छापामारहरूद्वारा सम्पूर्ण हतियारसहित कब्जा । सोही घटनाको सचित्र समाचार प्रकाशन गरेवापत पुरानो सत्ताद्वारा जनादेश कार्यालयमा आक्रमण । कम्प्युटरलगायत प्रेस सामग्रीमाथि लुटपाट, कार्यालय तालाबन्दी र जनादेशका तत्कालीन सल्लाहकार शक्ति लम्सालसहित सहकर्मीहरू गिरफ्तार ।
० फागुन १९ ः दाङको चिराघाट प्रहरी चौकी कब्जा ।
० चैत ५ ः काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सातजना कलाकारहरूको प्रहरीले आगो लगाएर जिउँदै जलाई र गोली प्रहार गरी हत्या । सो बलिदानी दिनको सम्मानमा चैत ५ लाई सांस्कृतिक प्रतिरोध दिवस मनाइने गरेको ।
२०५६ साल
० वैशाख १९ ः रोल्पाको जेलवाङमा रहेको दङ्गा प्रहरी बेस क्याम्प कब्जा ।
० जेठ ६ ः नेकपा माओवादीका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, जनादेशका प्रबन्ध सम्पादक मिलन नेपाली, पूर्वका छापामार प्लाटुन कमान्डर नवीन गौतम र कमला शर्मालगायतलाई गिरफ्तार गरी बेपत्ता । त्यसबेलादेखि पुरानो सत्ताले नागरिक बेपत्ता पार्न सुरु ग¥यो र आजसम्म ५००० भन्दा बढी बेपत्ता रहेको अवस्था ।
० जेठ ३१ ः जाजरकोट लहँमा रहेको दङ्गा बेसक्याम्प कब्जा ।
० भदौ २३ ः नेकपा माओवादीका वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्ले ‘क. वासु’ को गोरखामा गिरफ्तारपछि हत्या ।
० असोज ५ ः रुकुमको महतमा रहेको दङ्गा बेसक्याम्प कब्जा । छापामारद्वारा डीएसपी ठूले राई कब्जा ।
० फागुन ६ ः रोल्पाको घर्तीगाउँ दङ्गा इप्रका कब्जा । यसपछि प्रहरीहरू केन्द्रीकृत ।
० चैत २१ ः रुकुमको तकसेरामा रहेको दङ्गा इप्रका कब्जा ।
० चैत अन्त्य ः गोरखाको हर्मी प्रहरी चौकी कब्जा ।
२०५७ साल
० असार १९ ः जाजरकोटको पाँचकटिया दङ्गा इप्रका कब्जा ।
० भदौ ७ ः नवलपरासीको धवाडी इप्रका कब्जा ।
० भदौ १४ ः झापा महवारी इप्रका कब्जा ।
० असोज ८ ः पहिलो पटक सदरमुकाममाथि आक्रमण । डोल्पा सदरमुकाम दुनैका सम्पूर्ण प्रहरी चौकीहरू र बैङ्क कब्जा ।
० असोज १० ः लमजुङको भोर्लेटारमा इलाका प्रहरी कब्जा ।
० कात्तिक २० ः रामेछापको दोरम्बा प्रहरी चौकी कब्जा ।
० पुस ५ ः नेपालको इतिहासमा पहिलोपल्ट जिल्ला जनसरकारको घोषणा । पूर्णबहादुर घर्ती रुकुम जिल्ला जनसरकार प्रमुख ।
० फागुन ः नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न । प्रचण्डपथ पारित । अध्यक्षमा प्रचण्ड निर्वाचित । दक्षिण एसियाली फेडेरेसनको अवधारणा पारित । ‘आधार इलाका र स्थानीय सत्ता सुदृढ र विस्तार गरौँं ! केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौँ!’ भन्ने मूल नारा तय ।
० चैत १७ ः गोरखाका ६ महिला बन्दीहरूद्वारा जेलब्रेक ।
० चैत १९ ः रुकुमको रुकुमकोटमा रहेको दङ्गाको क्याम्प, दैलेखको नौमुलेमा रहेको प्रहरी क्याम्प र दोलखाको मैनापोखरीमा रहेको इप्रका कब्जा ।
२०५८ साल
० जेठ ८ ः ओखलढुङ्गाको खानीभञ्याङ इप्रका कब्जा ।
० जेठ १९ ः दरबार हत्याकाण्ड, वीरेन्द्रको पूरै वंशनास ।
० जेठ २० ः माओवादी अध्यक्ष प्रचण्डद्वारा राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि जोड ।
० जेठ २२ ः ज्ञानेन्द्रद्वारा आफैँलाई राजा घोषणा ।
० असार २५ ः लमजुङको विचौर प्रहरी चौकी कब्जा ।
० असार २८ ः रोल्पाको होलेरी चौकीमाथि सबेरै आक्रमण गरी ६९ प्रहरी कब्जा । शाहीसेनाको परिचालन प्रयास ।
० असार ३० ः रामेछापको धोवीडाँडा प्रहरी चौकी कब्जा ।
० साउन ६ ः ते¥हथुमको पोक्लावाङस्थित प्रहरी चौकी कब्जा ।
० साउन ७ ः बाजुराको पाण्डुसेनमा रहेको प्रहरी चौकी कब्जा ।
० साउन ४ ः माओवादीविरुद्ध सेना परिचालनको विवादका कारण गिरिजा सरकारको पतन । देउवा सरकार गठन ।
० साउन ८ ः पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा । त्यसको लगत्तै माओवादीद्वारा युद्ध विरामको सकारात्मक प्रत्युत्तर ।
० साउन १२ ः कृष्णबहादुर महराको नेतृत्वमा अग्नि सापकोटा र टोपबहादुर रायमाझी रहेको तीन सदस्यीय माओवादीका वार्ता टोली कीर्तिपुरमा सार्वजनिक । १४ गते पहिलो चरणको वार्ता गोदावरीमा । २८÷२९ गते दोस्रो चरणको वार्ता बर्दियाको ठाकुरद्वारमा ।
० साउन ३१ ः विभिन्न राजनीतिक दल र माओवादी बिच भारतको सिलगुडीमा वार्ता ।
० कात्तिक २८ ः तेस्रो चरणको वार्ता पुनः गोदावरीमा सम्पन्न ।
० मङ्सिर ६ ः माओवादी अध्यक्षद्वारा पुरानो सत्ताले वार्ता र अग्रगामी राजनीतिक निकासको ढोका बन्द गरेको जनाउँदै सचेत रहन जनसमुदायमा आग्रह ।
० मङ्सिर ८ ः जनमुक्ति सेना, नेपालको घोषणा, सर्वाेच्च कमान्डर प्रचण्ड । सोही दिन संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपालको घोषणा । बाबुराम भट्टराईको नेतृत्वमा ४१ सदस्यीय समिति सार्वजनिक ।
० मङ्सिर ८ ः जनसेनाद्वारा दाङको सदरमुकाम घोराही, स्याङ्जाको सदरमुकाम पुतली बजार कब्जा ।
० मङ्सिर १० ः पूर्वमा जनसेनाद्वारा सोलु सदरमुकाम सल्लेरी कब्जा, सिडिओसहित १३७ शाही सुरक्षाकर्मीको मृत्यु ।
० मङ्सिर ११ ः देउवा सरकारद्वारा सङ्कटकालको घोषणा । शाहीसेनाको औपचारिक परिचालन । शाही सुरक्षाकर्मीले जनादेश साप्ताहिक र जनदिशा दैनिकका कार्यालयमा रेड गरी ११ जना पत्रकार गिरफ्तार ।
० मङ्सिर १२ ः शाहीसेनाद्वारा भीषण अपरेसन सुरु । जताततै गिरफ्तारी, धरपकड, हत्या र राज्य आतङ्क ।
० मङ्सिर २२ ः शाहीसेना र प्रहरीको हत्या, गिरफ्तारी र राज्य आतङ्कविरुद्ध नेकपा माओवादीद्वारा नेपाल बन्द ।
० फागुन ४ ः जनसेनाद्वारा अछाम सदरमुकाम र साँफेबगर एयरपोर्ट कब्जा । भिडन्तमा ५५ शाहीसेना र १५० प्रहरीको मृत्यु ।
२०५९ साल
० वैशाख १९ ः रोल्पाको लिस्ने लेकमा शाहीसेनासँग जनसेनाको दिउँसै भिडन्त । जनसेनाद्वारा बलियो अमेरिकी फोर्टिफिकेसनसहित बनाइएको गाम संयुक्त शाही सुरक्षा बेसक्याम्प कब्जा ।
० जेठ ८ ः मुख्यतः माओवादीविरुद्ध लगाइएको सङ्कटकाल लम्ब्याउन असफल हुने देखेपछि देउवाद्वारा मध्यरातमा संसद विघटन । मध्यावधि निर्वाचनका लागि कात्तिक २७ तिथि निर्धारण ।
० जेठ १३ ः जेठ ६ गते गिरफ्तार गरिएका जनादेशका पूर्वसम्पादक कृष्ण सेन ‘इच्छुक’ को हिरासतमै कुटीकुटी हत्या ।
० असार २ ः माओवादी केन्द्रीय सदस्य रीतबहादुर खड्काको रौतहटमा हत्या । भारतीय शासकद्वारा अखिल भारत नेपाली एकता समाजलाई पोटा ।
० असार २८ ः भारतीय शासकले दिल्लीबाट असार २७ गते गिरफ्तार गरिएका पत्रकार महेश्वर दाहाल, पार्थ क्षेत्रीसहित चारजनालाई व्यापक विरोधका बाबजुद पहिलोपटक औपचारिक सुपुर्दगी ।
० भदौ २३ ः अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र सिन्धुलीको भिमानमा रहेको इप्रका कब्जा ।
० असोज १७ ः संसदवादी दलहरूद्वारा चुनाव एक वर्षपछि सार्न राजासमक्ष विन्ती ।
० असोज १८ ः ज्ञानेन्द्रद्वारा देउवा सरकार पतन । कार्यकारिणी अधिकार कब्जा ।
० कात्तिक २८ ः कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा कब्जा ।
० मङ्सिर १८ ः लाहानमा रहेको इप्रका र बैङ्क कब्जा ।
० माघ १२ ः सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ मारिए ।
० माघ १५ ः माओवादी र पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा ।
० माघ १८ ः बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहेको पाँच सदस्यीय माओवादी वार्ता टोलीको घोषणा ।
० माघ २९ ः युद्धविराम आचार संहिता जारी ।
० चैत १५ ः वार्ता टोली सार्वजनिक । राजधानीमा पत्रकार सम्मेलन ।
० चैत २० ः काठमाडौँमा विशाल आमसभा । वार्ता टोलीका सदस्यहरूद्वारा सम्बोधन ।
२०६० साल
० वैशाख १४ ः दोस्रो युद्धविरामको पहिलो चरणको वार्ता काठमाडौँको शङ्कर होटलमा । २७ गते सोही ठाउँमा दोस्रो चरणको वार्ता ।
० साउन ३२ ः पुरानो सत्ता र नेकपा माओवादीबीच तेस्रो चरणको वार्ता दाङ हापुरेमा । सोही दिन रामेछापको दोरममा शाहीसेनाद्वारा जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङसहित २० जना माओवादी कार्यकर्ता र एक स्थानीयको हत्या एवम् शाहीसेनालाई ब्यारेकबाट पाँच किमिभन्दा बाहिर ननिस्कन भएको सहमतिलाई तोडिएकाले वार्ता प्रभावित ।
० भदौ १० ः नेकपा माओवादीद्वारा युद्धविराम र वार्ता भङ्गको घोषणा । देशव्यापी प्रतिरोध कार्बाही सुरु । काठमाडौँमा जनसेनाद्वारा शाहीसेनाको कर्नेल किरण बस्नेतको सफाया ।
० कात्तिक १० ः जनसेनाले गोरखा च्याङ्लीमा थापेको एम्बुसमा परी प्रहरी एसपी सूर्यकुमार श्रेष्ठसहित चारको मृत्यु ।
० कात्तिक ११ ः पोखरा नजिकैको डाँडानाकामा रहेको संयुक्त चेकपोस्ट कब्जा ।
० कात्तिक १६ ः पर्साको पल्वा मिलनचोकमा एम्बुसमा १० शाही सुरक्षाकर्मीको मृत्यु ।
० कात्तिक २१ ः नेकपा माओवादीका अध्यक्षद्वारा एक विशेष सन्देशमार्फत् रेडियो जनगणतन्त्र नेपालको उद्घाटन ।
० कात्तिक २९ ः त्रिभुवन राजपथ खण्डमा जनसेनाले थापेको एम्बुसमा परी शाहीसेनाको ब्रिगेडियर सागरबहादुर पाण्डेको मृत्यु ।
० मङ्सिर ः नेकपा माओवादी र एमालेबीच भारतको लखनउमा वार्ता ।
० पुस २ ः जनसेनाद्वारा कपिलवस्तुको धानखोलामा थापेको एम्बुस लेफ्टिनेन्टसहित १० शाही सुरक्षाकर्मीको मृत्यु ।
० पुस २५ ः सन्तोष बुढा मगरको अध्यक्षतामा मगरात स्वायत्त गणतन्त्र जनसरकार ७५ हजार जनताबीच थवाङमा घोषणा ।
० माघ २ ः तामाङ स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्षमा हितबहादुर तामाङ ।
० माघ ५ ः खड्गबहादुर विकको अध्यक्षतामा भेरी–कर्णाली स्वायत्त गणतन्त्र, जनसरकारको घोषणा ।
० माघ १५ ः सेती–महाकाली स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्ष लेखराज भट्ट निर्वाचित । सोही दिन रामचरण चौधरीको अध्यक्षतामा थारुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा ।
० माघ १६ ः तमुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा । प्रमुखमा देव गुरुङ ।
० माघ १९ ः किरात स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । गोपाल खम्बु प्रमुख ।
० माघ १० ः मधेस स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । प्रमुखमा मातृका यादव ।
० माघ ः भारत सरकारद्वारा माओवादी नेताहरू मातृका यादव र सुरेश आले मगरलाई गिरफ्तार गरी नेपाल सुपुदर्गी ।
० फागुन १९ ः जनसेनाद्वारा भोजपुर सदरमुकाममाथि आक्रमण । टावरको सैन्य क्याम्प कब्जा ।
० चैत ७ ः जनसेनाद्वारा म्याग्दी सदरमुकाम बेनीमाथि भीषण हमला । २४ घन्टासम्म सदरमुकाम कब्जा । १५० भन्दा बढी शाही सुरक्षाकर्मीको मृत्यु ।
० चैत १३ ः नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज क. किरण भारतीय प्रहरीद्वारा सिलगुडीमा गिरफ्तार ।
० चैत २२ ः धनुषाको यदुकुवा प्रहरी चौकी कब्जा ।
० चैत २५ ः पशुपतिनगर इप्रका कब्जा ।
२०६१ साल
० वैशाख ३१ ः माओवादी केस तथा मङ्गलसेन प्रथम ब्रिगेडका कमान्डर नेप बहादुर केसी ‘परिवर्तन’को आन्तरिक दुर्घटनामा सहादत ।
० जेठ ६ ः डोटीको घन्टेश्वरमा जनसेना–शाहीसेना भिडन्त । डेढ दर्जन शाहीसेनाको मृत्यु ।
० असार ३ ः अखिल (क्रान्तिकारी) द्वारा शिक्षण हडतालसहित विविध सशक्त सङ्घर्ष गरेर शाहीसत्तासँग सङ्गठनमाथिको आतङ्ककारीको आरोप फिर्ता गराउन सफल ।
० साउन÷भदौ ः माओवादीको केन्द्रीय समितिद्वारा ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौँ ! वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौँ ! भन्ने मूल नारासहितको प्रत्याक्रमणको योजना पारित ।
० भदौ २० ः माओवादी केसद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको सिरहामा हत्या ।
० मङ्सिर १ ः जनसेनाद्वारा धादिङको कृष्णभीरमा एम्बुस । शाहीसेनाको एक ट्रक हतियार कब्जा । उक्त भिडन्तको भिडियो नेपाल वान टेलिभिजनले प्रशारण गरेपछि ठूलो खैलाबैला । सोही दिन धनुषाको महेन्द्रनगर इप्रका कब्जा ।
० मङ्सिर २ ः बाँकेको खैरीखोलामा धरापमा परी ८ शाही सुरक्षाकर्मीको मृत्यु । सबै हतियार कब्जा ।
० मङ्सिर ५ ः कैलालीको पाण्डोनमा जनसेनाद्वारा शाहीसेनाको कथित रेन्जर बटालियनमाथि हमला, १९ को सफाया । ६ थान एम ः १६ सहितका हतियार कब्जा ।
० मङ्सिर ५ ः नुवागाउँ–थवाङ–चुनवाङ सहिद मोटर बाटो खन्ने अभियान उद्घाटन ।
० पुस ३ ः काठमाडौँको साँखु इप्रका जनसेनाद्वारा कब्जा ।
० पुस ७ ः कर्णाली चिसापानीमा शाहीसेनामाथि भीषण हमला गरी १५ शाहीसेनाको सफाया ।
० पुस १७ ः धनकुटाको सेउतीखोलामा जनसेनाको एम्बुस, २० शाही सुरक्षाकर्मीको मृत्यु ।
० माघ १९ ः ज्ञानेन्द्रद्वारा देउवा सरकार हटाएर आफ्नो अध्यक्षतामा सरकार गठन । शाही ‘कू’ विरुद्ध माओवदी अध्यक्षको अपिल ।
० माघ २०–२२ ः शाही ‘कू’ विरुद्ध तीन दिने नेपाल बन्द ।
० फागुन १ ः माओवादीका अध्यक्षद्वारा देशभरिका जनगणतन्त्र रेडियोमार्फत् पहिलोपल्ट श्रव्य सम्बोधन ।
० चैत २०–३० ः माओवादीद्वारा एघार दिने देशव्यापी आमहड्ताल ।
२०६२ वैशाख
० वैशाख २६ ः जनमुक्ति सेनाद्वारा सिरहाको बन्दीपुरमा रहेको सेनाको ब्यारेक, मिर्चैयाको सशस्त्रको ब्यारेकमा आक्रमण ।
० जेठ २७ ः काभ्रेको नार्केमा शाहीसेनामाथि जनसेनाको आक्रमण । त्यसको पर्सिपल्ट घर्तीछापमा अर्को गस्तीमाथि आक्रमण । दुबै आक्रमणमा २२ शाही सुरक्षाकर्मीको मृत्यु ।
० असार ८ ः जनसेनाद्वारा भोजपुरको पान्धारेमा शाहीसेनामाथि आक्रमण । ८ शाहीसेनाको मृत्यु ।
० असार ११ ः जनसेनाद्वारा अर्घाखाँचीको खनदहमा शाहीसेनामाथि आक्रमण । लेफ्टिनेन्टसहित १९ शाहीसेनाको मृत्यु ।
० साउन २३ ः कालिकोटको पिलीमा रहेको शाही सैन्यक्याम्प सम्पूर्ण हतियारसहित कब्जा ।
० असोज १८ ः नेकपा माओवादीद्वारा एकपक्षीय युद्धविरामको घोषणा ।
० मङ्सिर ७ ः सातदल र माओवादीबीच भएको १२ बुँदे समझदारी सार्वजनिक ।
० मङ्सिर १३ ः माओवादीद्वारा केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक । प्रत्याक्रमणको दोस्रो योजना ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी कार्यनीतिको घोषणा ।
० मङ्सिर १४ ः शाहीसेनाद्वारा हेलिकोप्टरबाट हानेको गोली लागेर डिभिजन कमान्डर किमबहादुर थापा ‘क. सुनिल’ को सहादत ।
० मङ्सिर १७ ः माओवादीद्वारा एक पक्षीय युद्धविराममा एक महिना थप ।
० पुस १८ ः माओवादीद्वारा युद्धविराम भङ्गको घोषणा । देशभरि प्रतिरोध सुरु ।
० माघ १ ः जनसेनाद्वारा राजधानीका थानकोट र दधिकोट इप्रकाहरू कब्जा ।
० माघ ८ ः पश्चिम सैन्यकमान्डद्वारा पाल्पा सदरमुकाम तानसेन कब्जा ।
० माघ २६ ः माओवादी र सात दलकोे बहिष्कारका कारण कथित नगर निर्वाचन पूर्णतः ध्वस्त ।
० माघ २७ ः जनसेनाको पश्चिम सैन्य कमान्डद्वारा रूपन्देहीको सुनवलमा शाहीसेनाका पाँच ट्रक फोर्समाथि आक्रमण । २५ शाहीसेनाको मृत्यु । भारी मात्रामा हतियार कब्जा ।
० चैत २४ ः सात दल–माओवादी संयुक्त शान्तिपूर्ण आन्दोलन सुरु ।







