नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले शनिबार रोल्पाको सदरमुकाममा हुने विशाल जनसभालाई संवोधन गर्ने भएका छन् ।


जिल्ला पार्टीको आयोजनामा हुने जिल्लास्तरीय विशाल जनसभालाई संवोधन गर्न पार्टीका केन्द्रीय नेताहरु रोल्पामा रहेका छन् ।

जनयुद्धको केन्द्रभाग रहेको रोल्पामा विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीको हालै महाधिवेशन क्रान्तिकारी किल्ला थबाङमा आठौं महाधिवेशन सम्पन्न भएको थियो ।

सोही महाधिवेशन सकेर महासचिव विप्लव, प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डलगायतका नेताहरु रोल्पामै रहेका छन् ।

शनिबार सदरमुकाम लिवाङमा हुने विशाल जनसभामा सामना केन्द्रीय टोलीले सांस्कृतिक कार्यक्रम समेत दिने भएको छ ।

सो कार्यक्रममा महासचिव विप्लवको भाषण सुन्न जिल्लाभरबाट जनताको ठूलो उपस्थिति रहने जिल्ला पार्टी सेक्रेटरी जागृतिले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार