भारतीय उद्योगी मुकेश अम्बानी त्यहाँकै सबैभन्दा धनी व्यक्ति हुन् भन्नेमा कुनै विवाद छैन । तर उनी नेपालसहित विश्वका १९ देश भन्दा पनि धनी छन् भन्दा अचम्म लाग्न सक्छ ।

तर सत्य भने यही नै हो । उनी नेपालसहित विश्वका १९ देश भन्दा पनि धनी भएको विवरण विश्वचर्चित म्यागेजिन ‘फोर्ब्स’ को एक रिपोर्टले देखाएको छ । फोर्ब्सका अनुसार अम्बानी भन्दा गरिब विश्वका १९ देश रहेका छन् ।
१९ देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) भन्दा धेरै सम्पत्ति अम्बानीको साथमा रहेको छ । उनको साथमा भारतका दुई छिमेकी देश नेपाल र अफगानिस्तानको भन्दा बढी सम्पत्ति रहेको छ ।
यति मात्र हैन उनी धनीको सुचीको यूरोपियन र अफ्रीकी देशमा पनि चर्चामा रहेका छन् । अम्बानीको कुल २३.१ अमेरिकी डलर रहेको छ ।
विश्यवमा यस्ता देशहरु पनि रहेका छन्, जसको जीडीपी २३ अर्ब डलर रहेको छ । तर उनको सम्पत्ति भने २३.१ अमेरिकी डलर रहेको छ ।







