दश वर्षे जनयुद्धका क्रममा बलिदान गर्ने महान् सपुतहरुका नाममा आजदेखि देशैभरी माओवादी कम्युनिस्टहरुले सहिद सप्ताह मनाउदै छन् ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले देशैभरि विभिन्न कार्यक्रम आयोजना गरेर सहिद सप्ताह मनाउँदैछ ।

आज रोल्पा लिवाङमा नेपाल कम्युनिस्ट पार्टीले सहिद सप्ताहको अवसरमा विशाल जनसभासहित एक कार्यक्रमको आयोजना गर्दैछ । सदरमुकाम लिवानमा महासचिव विप्लवसहित उच्च नेतृत्वको टीमले सो कार्यक्रमलाई संवोधन गर्नेछन् ।

यसबाहेक आज देशैभर नेपाल कम्युनिस्ट पार्टीले विभिन्न कार्यक्रम आयोजना गरेर सहिद सप्ताह मनाउँदैछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार