नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी केन्द्रका नेताहरु जनयुद्धको क्रममा रोल्पाली जनताका अगाडि गरेको प्रतिबद्धताबाट भागेको बताएका छन् ।

रोल्पालको लिवाङमा आयोजित महाधिवेशन घोषणसभा र सहिदसप्ताह कार्यक्रममा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

“महराजीले जनतासँग भनेको पूरा गरे त ? सकिदैन भने राजिनामा दिएर आउनु नी, महराजी तपाईँहरुले रोल्पाली जनतासँग भनेका कुरा संसदीय व्यवस्थाभित्र सम्भव छैन  यदि जनताको माया छ भने राजिनामा गरेर रोल्पा आउन हिम्मत गर्नुस्” विप्लवले भने ।

उनले जनतासँग गरेको प्रतिवद्धताबाट माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री कृष्णबहादुर महरालगायतका नेताहरु भागेको भन्दै उनीहरुले भन्दै चुनाव नहुने दाबी गरे ।

सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले संसदीय व्यवस्थाको चुनावले जनताका दुःख नहटाउने भन्दै चुनाव नभएकोले विकास नभएको कुरा गर्नु भ्रम भएको बताए ।

जनताको अधिकारको कुरा गर्नु हतियार उठाउनु भएको तर अधिकारको कुरा गर्दा राज्यले दमन गरे हतियार उठ्न सक्ने महासचिव विप्लवले चेतावनी दिए ।

एक प्रसंगमा प्रचण्ड-बाबुरामले क्रान्तिको बाटो भुलेका कारण जनताले धाको पाएको विप्लवले बताए । उनले आफूले मर्न तयार हुनुस् भनेको तर प्रचण्ड डराएर क्रान्तिबाट भागेको दाबी गरे ।

“जनयुद्धमा आठ हजार जनताको छोराछोरी मरेका छन्, एउटा प्रचण्ड वा अरु नेता मर्दा केही फरक पर्दैन” विप्लवले भने ।

अाफूहरुले देश र जनताको अधिकारको कुरा गरेको भन्दै विप्लवले अाफ्नो पार्टी र सिके रावतलाई तुलना नगर्न समेत चेतावनी दिए ।

नेताहरुले आट्नु हुँदैन, आटेपछि मैदानबाट भाग्नु हुँदैन भन्दै विप्लवले आफू कुनै पनि हालत संघर्षको मैदानबाट नभाग्ने प्रतिवद्धता समेत जाहेर गरे ।

अाफ्नो पार्टीको थबाङ महाधिवेशनले वैज्ञानिक समाजवाद स्थापना गर्न मजदूर,किसान र मध्यम वर्गलाई सँगै क्रान्तिमा लाग्ने कार्यदिशा तयार गरेको भन्दै यसमा गोलबद्ध हुन सबैलाई अाग्रह गरे ।

“नेपाली क्रान्तिले रगत मागे हामी तयार तर जनतालाई धोका दिने छैनौँ’ भन्दै विप्लवले आफ्नो सम्बोधनलाई अन्त्य गरे ।

अनलाइनडबलीबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार