नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र बिखण्डकारी नारा बोकेका सिके रावतलाई एउटै विदेशी शक्ति कन्द्रले परिचालन गरेको बताएका छन् ।

रफत सञ्चार क्लवको कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले काठमाडौँमा रहेका विदेशी शक्तिले वर्तमान सरकार चलाइरहेको दाबी गर्दै सरकारको औचित्य सकिएको बताए । उनले विदेशी शक्तिले चुनाव नचाहेकाले प्रचण्ड सरकार रहेसम्म चुनाव हुन नसक्ने समेत ठोकुवा समेत गरे । उनले नयाँ सरकारले गठनपछि मात्र चुनाव हुने बताए ।
संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको भन्दै उनले सेना परिचालन गरेर भएपनि स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा बिजुक्छेंको जोड छ । निर्वाचन नहोस् भन्ने खेलमा बिदेशी चलखेल भएको भन्दै खण्ड खण्डमा भएपनि निर्वाचन गरिनु पर्ने धारणा उनको थियो ।
मधेशी मोर्चाले उठाएका माग तराईका जनताको नभएको बताउँदै अध्यक्ष बिजुक्छेंले तराईका सबै ठाउँमा निर्वाचन गर्न सकिने भएकाले सेना परिचालन गरेरै भएपनि मधेसमा चुनाव गरिनु पर्ने बताए ।
अनलाइनडवलीबाट ।







