अमेरिकामा ट्रम्प प्रशासनले आगामी बजेटमा रक्षा खर्च १० प्रतिशतले वृद्धि गर्ने तयारी गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ का लागि प्रस्तावित बजेटमा रक्षा खर्चतर्फ १० प्रतिशत अर्थात ५४ अर्ब  डलर बराबरको प्रस्ताव गरेका छन्।

ट्रम्प प्रशासनले पर्यावरण र बैदेशिक सहायता लगायत अन्य क्षेत्रको बजेट समेतलाई कटौती गरी सेना,  सुरक्षा र आर्थिक विकासको  लागि खर्चिने तयारी गरेको ह्वाइट हाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

ट्रम्प प्रशासनले सरकारी पक्ष तथा सरोकारवालासंग आवश्यक छलफल तथा परामर्श पछि आगामी मे मा सो प्रस्ताव पेश गर्ने तयारी गरेको छ ।

हाल  अमेरिकाको रक्षा बजेट वार्षिक ६ सय ३ अर्ब डलर छ । अब बढेर ६६० अर्ब डलर अमेरिकी रक्षा खर्च हुनेछ ।

रिपब्लिकनले भने सो रकम अपर्याप्त रहेको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । अमेरिकामा सन् २०१२ देखि लगातार रक्षा खर्च कटौती हुँदै आएको थियो ।

राष्ट्रपति ट्रम्पले सत्ता सम्हालेलगत्तै बजेट बढाउने तयारी गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार