नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले थबाङ महाधिवेशनले नेपालबाट क्रान्ति सम्पन्न गरेर विश्वलाई नयाँ चक्मा दिने बताएका छन् ।

महाधिवेशनको बन्द सत्रमा बोल्दै नेता प्रकाण्डले थबाङ महाधिवेशनले आफ्नो कार्यदिशालाई थप मुर्त र विकास गरेको बताएका हुन् ।

आफुहरुको एकीकृत जनक्रान्तिको विचारबाट विश्वको ध्यान समेत केन्द्रीत भएको नेता प्रकाण्डको भनाई थियो ।

दाङ सम्मेलनबाट आफ्नो पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा स्पष्ट गरेको र त्यसलाई अहिले आएर झन् थप मुर्तकृत गरिएको नेता प्रकाण्डको दाबी छ ।

महाधिवेशनमा बोल्दै नेता प्रकाण्डले अब आफुहरुको कार्यदिशाबाट देशको ठूलो तप्का आकर्षित भएको बताए ।

नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन बन्दसत्र फागुन ५ देखि १० सम्म थबाङमा चलेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार