नेकपा एमालेलाई जिल्ल्याउँदै कांग्रेससँग सत्ता साझेदारी गर्न पुगेको माओवादी केन्द्र अब नेपाली कांग्रेसलाई जिल्ल्याउँदै सरकारको विद्यमान नेतृत्वलाई निरन्तरता दिने रणनीतिक योजनामा जुटेको छ ।

विगतमा केपी ओली नेतृत्वको सरकारमा सहभागी रहँदा कांग्रेस देखाएर तर्साउँदातर्साउँदै अन्ततः ओली छोडेर शेरबहादुर देउवातिर लहसिएका प्रचण्डले अहिले एमाले देखाएर कांग्रेस तर्साउने खेल सुरु गरेका छन् ।
यो साताभित्र प्रचण्डले एमालेका शीर्षस्थ नेताहरुसँग पटक पटक छलफल गरिसकेका छन् । एमाले नेताहरुले माओवादीलाई कांग्रेसविरुद्ध प्रयोग उपयोग गर्ने चाल चालेको देखिन्छ भने प्रचण्डले चाहिँ दुवै प्रमुख दलहरुलाई खेलाउँदै आगामी संसदीय निर्वाचनसम्म आफ्नो कार्यकाल लम्ब्याउने तानाबाना बुनेका छन् ।
कांग्रेससँग नझुक्न भन्दै एमाले नेताहरुले प्रचण्डलाई उचालेका छन् र कदाचित कांग्रेसले साथ छोड्यो भने सत्तामा सहभागी भएर या नभएर प्रचण्डलाई सघाउने वचन दिएका छन् ।
जोसँग सहकार्य गर्नुपर्ने हुन्छ (अर्को पक्षसँग मिलेर) उसैलाई धोखाधडी गर्ने प्रचण्डको चरित्रलाई बुझेर नै एमाले नेताहरुले कांग्रेसविरुद्ध उनलाई प्रयोग गर्ने चालेको बुझिएको छ ।
प्रचण्डले शेरबहादुर देउवालाई सत्ता छोड्ने सम्झौताअनुरुप समय नजिकिदै गर्दा ओलीप्रचण्ड एकतामा सघनता देखा पर्नुलाई नयाँ सत्ता गठवन्धनको प्रयासका रुपमा मात्र नभएर कांग्रेसलाई जिल्ल्याउने, एक्ल्याउने र कमजोर पार्ने चालका रुपमा लिइएको छ ।
नेकपा एमालेलाई जिल्ल्याउँदै कांग्रेससँग सत्ता साझेदारी गर्न पुगेको माओवादी केन्द्र अब नेपाली कांग्रेसलाई जिल्ल्याउँदै सरकारको विद्यमान नेतृत्वलाई निरन्तरता दिने रणनीतिक योजनामा जुटेको छ । विगतमा केपी ओली नेतृत्वको सरकारमा सहभागी रहँदा कांग्रेस देखाएर तर्साउँदातर्साउँदै अन्ततः ओली छोडेर शेरबहादुर देउवातिर लहसिएका प्रचण्डले अहिले एमाले देखाएर कांग्रेस तर्साउने खेल सुरु गरेका छन् ।
यो साताभित्र प्रचण्डले एमालेका शीर्षस्थ नेताहरुसँग पटक पटक छलफल गरिसकेका छन् । एमाले नेताहरुले माओवादीलाई कांग्रेसविरुद्ध प्रयोग उपयोग गर्ने चाल चालेको देखिन्छ भने प्रचण्डले चाहिँ दुवै प्रमुख दलहरुलाई खेलाउँदै आगामी संसदीय निर्वाचनसम्म आफ्नो कार्यकाल लम्ब्याउने तानाबाना बुनेका छन् ।
कांग्रेससँग नझुक्न भन्दै एमाले नेताहरुले प्रचण्डलाई उचालेका छन् र कदाचित कांग्रेसले साथ छोड्यो भने सत्तामा सहभागी भएर या नभएर प्रचण्डलाई सघाउने वचन दिएका छन् ।जोसँग सहकार्य गर्नुपर्ने हुन्छ (अर्को पक्षसँग मिलेर) उसैलाई धोखाधडी गर्ने प्रचण्डको चरित्रलाई बुझेर नै एमाले नेताहरुले कांग्रेसविरुद्ध उनलाई प्रयोग गर्ने चालेको बुझिएको छ ।