नेपाल कम्युनिस्ट पार्टीका अन्तराष्ट्रिय विभाग इन्चार्ज धमेन्द्र बास्तोलाले आफुहरुले लिएको एकीकृत जनक्रान्तिको विचारलाई विश्वभरिका भाइचाराहरुले सकारात्मक ढंगले हेरेको बताएका छन् ।

आठौं महाधिवेशनमा बोल्दै नेता बास्तोलाले आरसीपी अमेरिकालगायत विश्वभरिका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आफ्नो पार्टीले गर्न खोजेको नयाँ क्रान्तिलाई आशाको नजरले हेरेको बताए ।

७० को दशकपछि विश्वमा कतै पनि सर्वहारा क्रान्तिले सफलता हात नपारेको भन्दै बास्तोताले यही कुरा आफुहरुले विश्वका भाइचाराहरुसँग राखेको र अब नयाँ रणनीतिमा विकास गरेर मात्र प्रतिक्रियावादीहरुलाई जित्न सकिने नेता बास्तालोको भनाई थियो ।

माओको निधनपछि क्रान्तिकारी कम्युनिस्टहरुले जित्न नसक्नुको कारण रणनीतिमा विकास गर्न नसकेको भन्दै नेता बास्तोलाले त्यहीबाट पाठ सिकेर आफ्नो पार्टीले नयाँ विचार एकीकृत जनक्रान्ति ल्याएको बताए ।

नेता बास्तोलाले आफुहरुले लिएको विचार नै आजको दुनियाँ र नेपालमा नयाँ र मौलिक भएको बताए । उनले यही विचारबाट मात्र क्रान्ति हुने समेत बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार