नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हेमन्त प्रकाश ओली सुदर्शनले आफुहरुले विप्लवको नेतृत्वमा माओभन्दा मौलिक ढंगले क्रान्ति गर्न खोजेको बताएका छन् ।

नेता सुदर्शनले आफ्नो पार्टीले नेपालमा माओको भन्दा नयाँ कार्यदिशा निर्माण गरेको बताए ।

पार्टीको आठौं महाधिवेशनमा बोल्दै नेता ओलीले रुसमा सन् १९१७ को अक्टोबर क्रान्तिपछि त्यसलाई प्रतिक्रियावादीहरुले प्रतिविद्रोहमा विकास गरेपछि माओले चीनमा नयाँ र मौलिक कार्यदिशा विकास गरेको बताए ।

चीनमा माओद्धारा विकास गरिएको दीर्घकालीन जनयुद्धलाई पनि प्रतिक्रियावादीहरुले प्रतिदीर्घकालीन युद्धको रुपमा विकास गरेपछि आफुहरुले एकीकृत जनक्रान्तिको विकास गरेको नेता सुदर्शनको भनाई छ ।

संसारमा संसदीय व्यवस्था असफल भएको र नेपालमा पनि त्यो असफल भएको भन्दै नेता ओलीले त्यसको विकल्प वैज्ञानिक समाजवाद मात्र भएको बताए ।

प्रचण्डको माओवादीले समाजवाद मात्र भनेको तर वैज्ञानिक समाजवाद नभनेको भन्दै नेता ओलीले आफ्नो पार्टीेले मात्र वैज्ञानिक समाजवादको पक्षमा दह्रो मत कायम गरेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार