अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा अहिले झण्डै १० करोड नागरिक श्रमशक्तिबाट बाहिरिएको स्वीकार गरेका छन् ।

बुधबार राति अमेरिकी कंग्रेसमा संवोधन गर्दै ट्रम्पले हाल ४ करोड ३० लाख मानिस गरिबीमा बाँचिरहेको बताएका छन् ।

‘आजको रात हामीले लिनुपर्ने केही कदमको प्रारुप राख्न चाहन्छु । त्यसका लागि हामीलाई विरासतमा प्राप्त भएको स्थिति इमान्दारितापूर्वक स्वीकार्नुपर्छ ।’ ट्रम्पले आफ्नो देशको नाजुक अवस्था सर्लक्कै स्वीकार गर्दै भने- ‘९ करोड ४० लाख अमेरिकी श्रम शक्तिबाट बाहिर छन् । अनि ४ करोड ३० लाख मानिस गरिबीमा बाँचिरहेका छन् र त्यो भन्दा ठूलो संख्या रासनकार्डमा बाँचिरहेको छ ।’

ट्रम्पले अमेरिका अहिले ६५ वर्षयता निकै ठूलो अार्थिक संकटबाट गुज्रेको स्वीकार गरेका छन् ।

‘प्रत्येक पाँच नागरिकमध्ये एकभन्दा बढी मानिस प्रारिम्भिक कार्य वर्षमा बेरोजगार छ । ६५ वर्षयताको आर्थिक पुनस्र्थापना सबैभन्दा खराब छ ।’ ट्रम्पले संवोधनमा भनेका छन्- ‘पछिल्लो ८ वर्षमा निवर्तमान प्रशासनले लिएको ऋण बाँकी सबै राष्ट्रपतिले लिएको भन्दा बढी छ ।’

ट्रम्पले नाफ्टा स्वीकार गर्दा एक चौथाईभन्दा ज्यादा निर्माण रोजगारी गुमाएको पनि बताएका छन् । उनले चीन २००१ मा विश्व व्यापार संगठनमा जोडिएयता अमेरिकाले ६० हजार उद्योग गुमाएको पनि स्वीकार गरेका छन् ।

ट्रम्पका अनुसार हाल अमेरिकाको विश्वसँग व्यापार घाटा ८ सय अर्ब डलर बराबर छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार