नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले विवेक शाह, सुधीर शर्मा र रुकमागंत कटुवालद्धारा लेखिएको भ्रमपूर्ण किताबको भण्डाफोर गर्नुपर्ने बताएका छन् ।

दश वर्षे जनताको युद्धलाई विदेशी खासगरी भारतीय रअले संचालन गरेकोजस्तो देखाउने गरी तत्कालीन दरबारका सैनिक सचिव विवेक शाहको ‘मैले देखेको दरबार’, सुधीर शर्माको ‘प्रयोगशाला’ र रुकमांगत कटुवालको ‘आत्मकथा’ले गलत कुरा लेखेको भन्दै त्यसको भण्डाफोर गर्नु पर्ने महासचिव विप्लवले आफ्ना कार्यकर्ता पंक्तिमा अपिल गरेका छन् ।

आफ्नै पार्टीको सांस्कृतिक महासंघको मुखपत्र नयाँ संस्कृतिमा लेख लेख्दै महासचिव विप्लवले दश वर्षे जनयुद्धलाई भारतीय गुप्तचर संस्था रअले चलाएको भन्नेगरी लेखिएको कुरालाई कडा रुपमा खण्डन गरेका छन् ।

शान्तिप्रक्रियामा आइसकेपछि प्रचण्ड-बाबुरामको आत्मसमपर्णवादी प्रवृतिलाई मुख्य हतियार बनाएर लेखकहरुले जनयुद्धको इतिहासलाई बंग्याउन खोजेको महासचिव विप्लवको भनाई रहेको छ ।

माओवादीहरुलाई कसरी नंग्याउन थालियो मिडियामा भन्नेबारे महासचिव विप्लव लेख्छन्-

‘जब हामी शान्तिप्रक्रियामा आयौं । प्रचण्ड बाबुरामका आत्मसमर्पणवादी प्रवृतिलाई पकडेर एकातिर अनेकथरी माफिया, खुफिया, जासुस, तस्कर, फटाहा, ठगहरुलाई माओवादी नेताका घरमा पुर्याउने, होटल, बार, डिनरमा कुँदाउने अनि आफैले पछाडिबाट पत्रकार, जासुस लगाएर फोटो खिचाएर, पत्रिकामा बदनाम समाचार छापेर नंग्याउने कर्म गरे ।’

भारतमा लिएको तालिम र जनयुद्धलाई भारतले नै चलाएको भन्ने भ्रमलाई महासचिव विप्लव यसरी खण्डन गर्छन्-

‘जब कमजोरीहरु बढ्दै गए र माओवादीको आदर्श, मान्यतामाथि जनतामा आंशका बढ्न थाल्यो, तब त्यसैमा टेकेर माओवादी र जनयुद्धबारेमा अनेकथरी हमलाहरु बढाइए । जनयुलाई रअले चलाएको थियो, भारतको संरक्षणमा चलेको थियो, जनमुक्ति सेनालाई देहरादुन चक्रतामा भारतले नै तालिम दिएको थियो भन्नेजस्ता तुच्छ, फोहरी र पूरै विषालु प्रचार यसैका कडी हुन् ।’

यस्ता भ्रमका विरुद्ध क्रान्तिकारी लेखकहरुले आफ्ना कलमहरु सत्य घटनालाई उद्घाटित गर्नु पर्ने महासचिव विप्लवले सोही लेखमा बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार