नेपाल कम्युनिस्ट पार्टीका अन्तराष्ट्रिय विभाग इन्चार्ज धमेन्द्र बास्तोलाले रेभोलेसनेरी कम्युनिस्ट पार्टी अमेरिका (आरसीपी) ले लिएको नयाँ विचार न्यु सेन्थेसिसलाई सकारात्मक रुपमा लिनु पर्ने बताएका छन् ।

बास्तोलाले माओको निधनपछि विश्व कम्युनिस्ट आन्दोलनमा पैदा भएका वैचारिक संकटलाई आरसीपी अमेरिकाले धेरै हदसम्म गाँठो फुकाउन मदद्त पुर्याएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको उपत्यका ब्युरोको मुखपत्र हाम्रो संश्लेषणमा लामो लेख लेख्दै नेता बास्तोलाले आरसीपी अमेरिकाका नेता बब अभायकिनले नयाँ वैचारिक संश्लेषण गरेर नयाँ चुनौतीसँग लड्न सकारात्मक योगदान पुग्ने बताएका छन् ।

‘माओपछि विश्वमा कम्युनिस्ट आन्दोलनले व्यहोर्नु परेको असफलता लगायत अरु कयौं कुरालाई दृष्टिगत गरी क्रान्तिकारी कम्युनिष्ट पार्टी अमेरिका (आरसीपी)ले न्यु सेन्थेसिस अर्थात् नयाँ संश्लेषण अगाडि सारेको छ । यस बारेमा हामीले पनि गहिरो बहस गर्न जरुरी छ ।’ नेता बास्तोलाले लेखेका छन्- ‘बब अभाकियनले समाजवादी सत्ता स्थापित भइसकेपछि त्यहाँ वैचारिक, आर्थिक, राजनैतिक रुपले के कस्ता कमी–कमजोरी भए र कसरी समाजवादी सत्ता उल्टिन पुगे ? त्यसको कारण गहिरो गरी खोजबिन गर्न खोज्नु भएको छ । त्यस्तो खालको सश्लेषण माओले सांस्कृतिक क्रान्ति ताका गर्नुभएको थियो । माओपछि बब अभायकियनले त्यो कुराको सश्लेषण गर्नुभएको छ । यो माओ पछाडिको एउटा सश्लेषण हो ।’

कतिपय माओवादीहरुले बब अभयायकिनद्धारा अगाडि सारिएको न्यु सेन्थेसिसलाई विसर्जनवादी विचार हो भनेर भन्ने गरेका छन् । यसबारे नेता बास्तोलाले त्यसलाई त्यसरी विश्लेषण गर्न नहुने बताएका छन् । उनले लेखेका छन्-

‘कतिपय मान्छेले बबले गरेको न्यु सेन्थेसि अर्थात् नयाँ सश्लेषणलाई विसर्जनवादी बाटो भनेका छन् तर हाम्रो बुझाईमा त्यस्तो देखिन्न । किनकि माक्र्सले विकास गर्नुभएको आधारभुत मान्यता र माओले विकास गर्नुभएको मान्यतालाई छोड्ने होइन बरु मजबुत गर्ने कुरा त्यहाँ गरिएको छ । र, दृढ तरिकाले समात्ने कुरा गरिएको छ । त्यहाँका कतिपय सोचाई र बुझाईमा भएका कमीकमजारी जो मानव जातीमा हुनु स्वाभाविक हो । त्यो कुरा कहाँ–कहाँ भए ? त्यसको प्रभाव के रह्यो ? जान अन्जानमा त्यसले पारेको प्रभाव र अन्तरविरोध कहाँ कहाँ प¥यो भन्ने कुराको विश्लेषण बबले गर्नु भएको छ ।’

आरसीपी अमेरिकाद्धारा अगाडि सारिएको बब अभायकिनको न्यु सेन्थेसिसबारे बास्तोला लेख्छन्-

‘सारमा न्यु सेन्थेसिस अर्थात् नयाँ सश्लेषणले माक्र्सदेखि सुरु भएको क्रान्तिको पूरानो लहर माओको देहान्तसंगै अन्त्य भयो र दोस्रो लहरको सुरु गर्न जरुरी छ भन्ने छ । किनकि पहिलो लहरमा माक्र्सको समयको पँुजीवाद र अहिलेको पुँजीवादमा धेरै भिन्नता आएको छ । त्यसैले गर्दा वर्गसंघर्षमा पनि बदलाव आएको छ । अर्थतन्त्र, सामाजिक सम्वन्ध, भौगोलिक र भुमण्डलीकृत अवस्थामा बदलाव आएको छ । यस्तो परिवर्तनले जनतामा, जनताका उत्पीडकहरुमा र जनताका दुश्मनको पंतिमा पनि परिवर्तन भएको छ । यस्तो अवस्थामा सर्वहाराले आफुलाई पनि अपडेट गर्न जरुरी छ । यहि तथ्यहरुमा नयाँ शस्लेषण न्यु सेन्थेसिसमा बबले यथेष्ट रुपमा व्याख्या गरेको पाइन्छ ।’

नेता बास्तोलाले माओको निधनपछि संसारमा माओवादी कम्युनिस्टहरुमा पैदा भएको वैचारिक संकटलाई न्यु सेन्थेसिसले केहीहदसम्म जबाफ दिने प्रयत्न गरेको बताएका छन् ।

साथै उनले नेपालमा आफ्नो पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्ति पनि माओपछि पैदा भएको वैचारिक संकटलाई हल गर्न खोजेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार