प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार सप्तरीमा सभा सम्पन्न गरी बाहिरिने क्रममा शीर्ष नेताहरुको सामुहिक हत्या प्रयास भएको जनाएको छ।

मंगलबार अपरान्ह मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीमा भएको घटनाका बारेमा जानकारी दिन पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो।
राजविराज घटना हुनुमा गृहमन्त्री र मधेशी मोर्चा जिम्मेबार रहेको एमालेले ठहर गरेको छ। उक्त घटनाको सत्य–तथ्य छानबिन गर्न एमालेले सरकार र राष्ट्रिय मानवअधिकार आयोग समक्ष माग समेत गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष भीम रावलले गृहमन्त्री विमलेन्द्र निधिको उत्तेजनापूर्ण भाषणले गर्दा यस्तो घट्ना घटेको आरोप लगाए। उनले भने,‘घट्नाको बारेमा गृहमन्त्री पूर्व अनुमान हुन्छ, म पनि गृहमन्त्री भैसकेको मान्छे हुँ, यस्ता घट्नाको पूर्व जानकारी गृहमन्त्रालयले राख्छ, यसको जिम्मेवारी सरकारले लिनुपर्छ।’
महासचिव ईश्वर पोखरेलले आफ्नो पार्टी लोकतन्त्रको खातिर लड्ने बताए।
उसले घटना षडयन्त्रपूर्वक गरिएको आरोप लगाएको छ। एमालेले राजविराजको सभामा घेरा हालेर एमाले नेतृत्वको सामुहिक हत्या गर्ने षडयन्त्र रहेको बताएको हो। पत्रकार सम्मेलनमा बाँडिएको विज्ञप्तिमा भनिएको छ,‘घेरा हालेर नेतृत्वको सामुहिक हत्या गर्ने षडयन्त्र भएको थियो, यसको सम्पूर्ण जिम्मा मधेसी मोर्चाले लिनुपर्छ।
मेची–महाकाली अभियान नरोकिने भएको छ ।हिजो सोमबार सप्तरीमा भएको झडपपछि तीन दिनका लागि स्थगित गरिएको अभियान पुनःफागुन २७ गते बाट शुरु हुने भएको छ ।







