नेपालका लागि भारतीय राजदुतमा मञ्जिवसिंह पुरीको नाम प्रस्ताव भएपछि नेपालमा संघीय, लोकतान्त्रिक, धर्मनिरपेक्ष, समावेशी गणतन्त्रलाई महान् उपलव्धि ठान्नेहरु सशंकित भएका छन् ।

नेपालका लागि राजदुत रहेका रञ्जित रेको कार्यकाल सकिनअघि कसलाई राजदुत नियुक्त गर्ने भन्ने विषयमा विभिन्न शक्तिकेन्द्रबीच अनपेक्षित प्रतिस्प्रधा चल्दा दिल्लीमा प्रीतिशरण र टीएस त्रिमुतिमध्ये कसलाई राजदुत बनाउने भन्ने विषयमा निकै ठूलो रस्साकस्सी चलेको थियो ।
प्रति शरणलाई राजदुत नियुक्त गर्ने पक्षमा पूर्व विदेशसचिव श्यामशरणलगायतका केही वर्तमान तथा अवकाशप्राप्त उच्चाधिकारीहरु थिए । राष्ट्रपति प्रणव मुखर्जीले विवादमा पर्ने प्रकारको भूमिका निर्वाह गरेका छैनन् ।
अन्ततः भारत सरकार पुरीलाई राजदुत बनाउने निर्णयमा पुगेको छ । राजदुत नियुक्ति प्रकरणमा भारतको पुरानो सत्ता पराजित भएको र भारत सरकार विजयी भएको ठानिएको छ ।
यता पुरीको नियुक्तिले नेपालका राष्ट्रवादी ठानिएका राजावादी शक्तिहरुलाई उत्साहित तुल्याएको छ ।







