नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले आज १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।

राजधानीको शान्तिबाटिकामा जम्मा भएर सयौं क्रान्तिकारी महिलाहरु पुतलीसडकबाट भृकुटीमण्ड, शहिद गेटहुँदै उही शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो ।
र्यालीपछिको सभालाई नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हेमन्तप्रकाश ओली सुदर्शन, कम्युनिस्ट पार्टीका महिला नेतृहरु उमा भुजेल, खुमा सुवेदीलगायतले संवोधन गरेका छन् ।
सभामा बोल्दै कम्युनिस्ट पार्टीका नेताहरुले जनयुद्धमा महिलाहरुको ठूलो सहभागिता भएको तर शान्तिप्रक्रिायमा आएपछि मुख्य नेतृत्वको गद्धाराीले महिला मुक्तिको बाटो ठूलो संकट आएको बताएका थिए ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरु सन्तोष बुढामगर, ओम प्रकाश पुनलगायतका नेताहरुको पनि सहभागिता भएको थियो ।
क्रान्तिकारी महिला संघकी अध्यक्ष बन्धु चन्दको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन संगठनकी महासचिव धिरेन्द्रा उपाध्यायले गरेकी थिइन ।







