मधेसी मार्चाका सर्वमान्य नेता महन्थ ठाकुरले भारतीय प्रतिनिधिमण्डलसमक्ष निकै दुःखी र भावुक हुँदै आफ्नो वेदना प्रकट गरेका छन् ।

गत शुक्रवार (फागुन २० गते) मार्चाका नेतहरुको कुरा सुन्न तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय कार्यालय पुगेको एक भारतीय प्रतिनिधिमण्डलसमक्ष नेता ठाकुरले भने, ‘हम यहाँ मर रहै हैं, आप लोग सुनते नहीँ । हमने बोर्डर मे नाकाबन्दी किया, आप कि तरफ से भी लाठी हम को ही मिली । हम ने अपने भू–भाग संरक्षण कर के रखा है, आप लोेक समझते नहीँ है ।’
उनले भारतीय भूमिका आफ्नो पक्षमा जति हुनुपर्ने थियो त्यति नभएको र भारतले ‘स्पष्ट’ भमिका निर्वाह नगर्दा बारम्बार अपमान र पीडा व्यहोर्नुपरेको व्यथा सुनाउँदै ठाकुरले भने– ‘नेपालका मतलव सिर्फ काठमाडौं घाँटी है, यह जो काठमाडौं, भक्तपुर और ललितपुर है इसीको नेपाल कह जाता है । उपत्यका बाहर के बाँकी भुभाग नेपाल नही हैं, जैसे कि पहले पाकिस्तान भी भारतका अभिन्न एक अंग था, भारत ने अपना ही हिस्स माना था, लेकिन आज पाकिस्तान अलग देश के रुपमे रह रहे हैं । वैसे हि काठमाडौं घाँटी नै बाँकी भूभागको जबर्जस्ती अपनी नियन्त्र मे रखा है । हम सब सब यहाँ अपमानित और उपेक्षित हैं, लेकिन आप लोग कि तरफ से आवश्यक सहयोग हो नहीँ मिलरहा हैं ।’
यसरी नेता महन्थले आफ्नो कार्यालयमा आएका भारतीय प्रतिनिधिमण्डललाई आफ्नो कथा–व्यथा सुनाइरहँदा प्रतिनिधिमण्डलका एक सदस्य वीरेन्द्र गुप्ता अलिक गंभीर देखिएका थिए । उनले चासो दिएर कुरा सनेपछि महन्थले थप उत्साहित हुँदै भने– ‘बहुसंख्यक हम हैं, केवल पैतिस प्रतिशत आवादी हमारे उपर शासन कर रहे हैं । आम लोग कुछ नहीँ करते हैं, अम तो ना इधरका रहा, ना उधरका ।’
ठाकुरले यति भनेपछि वीरेन्द्र गुप्ताले जिज्ञासा राखे– ‘यदि तपाईहरु बहुमतमा हुनुहुन्छ र अल्पसंख्यकले शासन गरिरहेको ठान्नुहुन्छ भने मधेशको नाममा यति धेरै दल किन खोल्नु पर्यो ? किङ मेकर हुन सक्ने अवस्था हुँदाहुँदै किन तपाईहरु धेरै समुहमा विभाजित भएर बस्नुभएको छ ?’
गुप्ताको प्रश्नमा जबाफ दिँदै महन्थले भने– ‘किङ मेकर तो हम अभि भी हैं । लेकिन फिर भी हम उपेक्षित और अपमानित है ।’







