कंचनलपुरमा भारतीय एसएसबीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अहिले विरोध प्रदर्शन गर्दैछ ।

आज राजधानीमा नेपाल कम्युनिस्ट पार्टीले विरोध प्रदर्शन लागेको हो । साथै महासचिव नेत्र विक्रम चन्द विप्लवले हत्याकाण्डको विरोधमा पार्टीको विज्ञेप्ती निकाल्दै छन् ।

कल्भर्ट निर्माणका विषययमा कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्र पुनर्वासमा प्रदर्शन गरिरहेका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाउँदा एक नेपाली नागरिकको मृत्यु भएको छ।

एसएसबीको गोली लागेर आनन्दबजार-६ का २० वर्षीय गोविन्द गौतमको मृत्यु भएको हो। उनको कम्मरमा गोली लागेको थियो। गम्भीर घाइते अवस्थामा अस्पताल ल्याइएका गौतमको उपचार क्रममा मृत्यु भएको थियाे ।

पुनर्वासको दशगजा क्षेत्रमा कल्भर्ट बनाउन सिमेन्ट हालेर इटा छापेपछि भारतीय पक्षले दशगजा क्षेत्रभित्र पर्ने भएकाले त्यस्तो काम नगर्न भनेको थियो। तर सो ठाउँमा रहेको जंगे पिलर हराएकाले नेपाली पक्षले कल्भर्ट दशजगाभित्र नपर्ने भन्दै निर्माण थालेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार