कंचनपुरमा भारतीय साम्राज्यवादद्धारा एक नेपाली नागरिक गोविन्द गौतमको हत्याको विरोधमा विहीबार नेपाल कम्युनिस्ट पार्टीले राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

विरोध र्यालीमा सहभागी कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु

काठमाडौंको शान्तिबाटिकामा जम्मा भएर भोटाहिटी, इन्द्रचोकहुँदै न्युरोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।

भारतद्धारा नेपाली नागरिकको हत्याको विरोधमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले ‘भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाली नागरिक हत्याको विरोध गरौं’ लगायतका नाराहरु लगाएका थिए ।

आफ्नै नागरिक हत्या भएको आक्रोशमा कम्युनिस्ट पार्टीका युवाहरुले चर्को स्वरमा ‘भारतीय दुतावास नेपाल छोड, हाम्रा नागरिक हत्यारालाई कार्वाही गर’ जस्ता नाराहरु उत्तेजित भएर लगाएका थिए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले भारतीय साम्राज्यवादद्धारा हत्या गरिएका नेपाली नागरिक गौतमको घोर भत्र्सना गरेका छन् ।

र्यालीपछिको कोणसभा

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार