कंचनपुरमा भारतीय सशस्त्र प्रहरी फोर्स (एसएसबी)द्धारा नेपाली नागरिक गोविन्द गौतमको हत्या गरिएपछि नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी विद्यार्थीहरुले भारतीय गाडीमाथि आक्रमण गरेका छन् ।

क्रान्तिकारी विद्यार्थीहरुले भारतका दुई दर्जन गाडीहरु तोडफोड समेत गरेका छन् ।

आक्रमणसँगै विप्लव नेतृत्व कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले नेपालको सीमास्थित कुनै पनि ठाउँमा भारतीय गाडीहरु प्रवेशमा निषेध समेत गरेका छन् ।

कम्युनिस्ट पार्टीका आक्रोशित कार्यकर्ताहरुले भारतीय सशस्त्र प्रहरी र भारतका विरुद्ध नाराबाजी समेत गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार