नेपाल कम्युनिस्ट पार्टीले फागुन २८ गते नेपालबन्द कार्यक्रमबारे विहान ११ बजे पत्रकार सम्मलेन गर्दैछ ।
राजधानीको अनामनगरस्थित संवादडवलीमा कम्युनिस्ट पार्टीले आफ्ना संघर्षका कार्यक्रम घोषणा गर्दैछ । पत्रकार सम्मेलनमा नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्ड र जनसरकार प्रमुख सन्तोष बुढामगरको उपस्थितिमा सो पत्रकार सम्मेलन हुने छ ।
कंचनपुरमा भारतीय पक्षबाट नेपाली नागरिक गौतमको हत्या भएपछि कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रमको आयोजना गरेको छ ।
नेपालको सार्वभौमसत्ता भारतीय साम्राज्यवादले निल्न खोजेको भन्दै नेकपाले आज दिउँसो १ बजे विरोध जुलुश समेत गर्दैछ । बेलुकी ७ बजे मशाल जुलुश कार्यक्रमसमेत गर्दैछ ।







