नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले भारतीय साम्राज्यवादद्धारा कंचनपुरमा नेपाली नागरिक हत्याका विरुद्ध देशव्यापी भण्डाफोरमा उत्रन पार्टी नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

आज शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर प्रवक्ता विश्वकर्माले कंचनपुरमा हत्या गरिएका नेपाली नागरिक गोविन्द गौतमका हत्यारालाई कार्वाह ीगर्न भारतीय पक्षलाई आग्रह गरे ।
‘हाम्रा नेपाली नागरिक गौतमका हत्यारालाई छिटो कार्वाहीका लागि भारतीय पक्षलाई आग्रह गछौं ।’ प्रवक्ता प्रकाण्डले भने- ‘यदि भारतीय पक्षले गरेन भने हाम्रो पार्टीले जनताको साथ लिएर कार्वाही गर्छ ।’
नेपालस्थित भारतीय दुतावासले कंचनपुर हत्याकाण्डको घटनालाई आफ्नो तर्फबाट नभएको भन्ने कुरा गरेर गैर जिम्मेबारपूण व्यवहार प्रदर्शन गरेको कम्युनिस्ट पार्टीका प्रवक्ताले आक्रोश व्यक्त गरे ।
उनले भारतीय दुतावासलाई ठाडो चुनौती दिदै भने- ‘यदि भारतीय दुतावास नेपालमा बस्न चाहन्छ भने त्यहीअनुरुप व्यवहार गरोस् । नत्र नेपालमा बस्न जनताले दिने छैनन् ।’
प्रवक्ता विश्वकर्माले भोलिको २८ को नेपालबन्दलाई सफल पारेर सहयोग गरिदिन सबैमा आग्रह समेत गरे ।








