नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सन्तोष बुढामगरले नेपालस्थित भारतीय एम्बेसीलाई तुरुन्त छोेड्न चेतावनी दिएका छन् ।

कंचनपुरमा नेपाली नागरिक गोविन्द गौतमको हत्यामा भारत र भारतीय सरकारले आफ्नो संग्लनता नभएको भन्ने गैरजिम्मेबारपूर्ण कार्यको नेता बुढामगरले भण्डाफोर गरेका छन् ।
नेपालबन्दको पूर्वसन्ध्यामा राजधानीमा शुक्रबार आयोजित विरोध र्यालीपछि भारतीय दुतावासअगाडि पार्टीको विरोध कार्यक्रममा नेता बुढामगरले गौतमका हत्यारालाई तुरुन्त कार्वाही गर्न भारत सरकारलाई चुनौती दिए ।
‘हामी भारतीय सरकार र नेपालस्थित भारतीय दुतावासलाई यो भन्न चाहन्छौ कि गौतमको हत्यारालाई तुरुन्त कार्वाही गरियोस् ।’ उनले भारतीय दुतावासअगाडि आयोजित कोणसभामा भने– ‘होइन भने ती हत्यारालाई आफ्नो पार्टीले जनताको सहयोगमा कार्वाही गर्ने छ ।’
शान्तिबाटिकामा जम्मा भएर नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु जमल, लैनचौरहुँदै भारतीय दुतावासअगाडि पुगेर जम्मा भएको कोणसभामा परिणत भएको थियो ।
बुढामगरले फागुन २८ गतेको आफ्नो पार्टीको बन्दलाई सफल पार्न नेपाली नागरिकमा आग्रह समेत गरे ।








