कंचनपुर हत्याकाण्डका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीद्धारा फागुन २८ गते नेपाल बन्द कार्यक्रमको पूर्व सन्ध्यामा शुक्रबार राजधानीका तीनवटै जिल्लामा मशाल जुलुश सम्पन्न भएका छन् ।
उपत्यका अन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुरमा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले एकैचोटी मशाल जुलुश गरेका हुन् ।
उपत्यका बाहेक देशभर नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको पूर्वसन्ध्यामा मशाल जुलुश सम्पन्न गरेका छन् ।
देशको सार्वभौमसत्तामाथि भारतीय साम्राज्यवादद्धारा गरिएको बर्बर हत्याका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले राखेको बन्द कार्यक्रमलाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।








