कन्चनपूर घटनाको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण उपत्यकासहित देशैभरको जनजीवन बिहानैबाट प्रभावित भएको छ ।

बन्दका कारण बिहानैबाट सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्था, बजार पसल तथा कलकारखनाहरु पनि ठप्प रहेका छन् ।बन्दमा कुनै अप्रिय घटना हुन नदिन बिहानैदेखि चोक चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैबीच काठमाण्डौका  विभिन्न स्थानबाट दर्जनाैं नेता कार्यकर्ता  पक्राउ परेका छन् । पाेखराबाट जिल्ला जनसरकार प्रमुखसहित १० जना, काठमाडाैंबाट चार जनालगायत देशैभरिबाट प्रहरीले गिरफ्तार गरेकाे जनाएको छ ।

बन्दका क्रममा बन्दकर्ता कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले भारतीय नम्बर प्लेटका गाडीहरुमा आगजनी र तोडफोड समेत गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार