राजधानीको रत्नपार्कबाट शान्तिपूर्ण नेपालबन्द सफल पार्न हिडेका झण्डै एक दर्जन थप नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता गिरफ्तार भएका छन् ।

बन्द सफल बनाउन जुलुस सहित सडकमा निस्किएका कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मन्चका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारी सहित ११ जना रत्नपार्कबाट पक्राउ परेका हुन् ।

पद्म कन्या क्याम्पस बागबजारबाट आउँदै गरेको जुलुसमा सहभागी उनीहरुलाई प्रहरीले रत्नपार्कबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा मन्चका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेल, महासचिव हिरा पहाडी, सचिव पूर्ण श्रेष्ठ, अर्जुन कटुवाल, सर्लाही -काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मन्चका अध्यक्ष पदम मगर, झनक श्रेष्ठ, ओखखलढुगा- काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मन्चका सचिव हरि श्रेष्ठ, सदस्य तिलबहादुर बुढाथोकी, काभ्रे -काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मन्चका सचिव नकुल चौलागाई, रामेछाप- काठमाडौ जनगणतन्त्रिक सम्पर्क मन्चका सचिव रुपक श्रेष्ठ रहेका छन् ।

उनीहरूलाई महेन्द्र पुलिस क्वलवमा राखिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार