कंचनपुर हत्याकाण्डका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको आजको शान्तिपूर्ण नेपाल बन्दका क्रममा देशभरिबाट झण्डै चार दर्जन नेता कार्यकर्ता गिरफ्तार भएका छन् ।

शान्तिपूर्ण नेपाल बन्द कार्यक्रममा खटिएका जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगरसहित ८ जनालाई काठमाडौंको प्रदर्शनी मार्गबाट केहीबेर अघि करिब पौने १२ बजे प्रहरीले गिरफ्तार गरेको छ ।

झण्डासहित नाराजुलुसको नेतृत्व गरेर सडकमा उत्रिएका बेला उनीहरुलाई गिरफ्तार गरिएको हो । गिरफ्तार सबैलाई अहिले सिंहदरबारबाट फर्काएर पुनः महेन्द्र पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।

मगरसँगै गिरफ्तार पर्नेमा मञ्चका केन्द्रीय सदस्यहरु दुर्गप्रसाद अधिकारी, नारायण थापा, छेवाङ लामा, घनश्याम गौतम, परमेश्वर जोशी, प्रदिप फुयाँल तथा चितवन–काठमाडौं सम्पर्क मञ्चका संयोजक भीम घिमिरे लगायत रहेको मञ्चका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
उनीहरुले क्लबभित्रै नाराबाजी गरेका छन् । विश्वभाषा क्याम्पस अगाडिबाट बन्द कार्यक्रममा खटिएका थिए ।

यससँगै देशभरबाट अहिलेसम्म ४५ बन्दकर्तालाई प्रहरीले गिरफ्तार गरेको समाचार छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार