अमेरिका र रूसबीचको सम्बन्ध शीतयुद्धमा पनि नदेखिएको शत्रुवत भएको छ ।

यद्यपि, डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि सुध्रिएको सम्बन्ध विश्वव्यापी सुरक्षाका लागि पनि सकारात्मक भएको रूसका भीटीबी बैंकका अध्यक्षको भनाइ छ । यी दुई मुलुकबीचको सम्बन्ध लामो समयदेखि अस्थिर रहँदै आएको छ । सन् २०१४ मा क्राइमियालाई रूसले आफ्नो अधीनमा ल्याएपछि भने सम्बन्ध झनै बिग्रिएको थियो । क्राइमियालाई रूसले आफूमा गाभेपछि अमेरिकाले रूसविरुद्ध नाकाबन्दी नै लगाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नाकाबन्दी हटाइने आशा पनि रूसले नराखेको भीटीबी बैंकका अध्यक्ष आन्द्रे कोस्टिनले बताए । नाकाबन्दीको समयमा पनि रूसले आफ्नो मुलुकको गतिविधिलाई समायोजन गर्न सफल भएको उनले बताए ।

यद्यपि, अमेरिकी राष्ट्रपति र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनले अन्य विश्वव्यापी त्रासको विरुद्धमा एकसाथ भएर काम गर्न सक्ने आशा उनले व्यक्त गरे ।

“हामीले हालको अवस्थामा नाकाबन्दी हटाउने विषयलाई जोड दिएका छैनांै । हामीले यो विषयलाई मिलान पनि गरेका छांै । यो रूसका लागि राम्रो होइन, तर परिस्थितिअनुसार जीवनयापनलाई मिलान गर्न सफल भएका छौं,” कोस्टिनले भने, “सबैभन्दा महŒवपूर्ण कुरा निःशस्त्रीकरण, आतंकवादविरुद्धको लडाइँ र अन्य कतिपय कुरामा संवाद गर्नु आवश्यक छ ।”

पछिल्लो समयको एक–अर्काविरुद्धको सम्बन्धमा देखिएको दरारले शीतयुद्धको युग सम्झना गराएको पनि उनले बताए । “अमेरिका र रूसबीचको सम्बन्ध थप खराब हुने मलाई लागेको छैन । यी दुई मुलुक शीतयुद्धको तहमा पुगेका छन् । तर, यी दुवै मुलुकले सम्बन्ध राम्रो बनाउनका लागि केही गर्नु आवश्यक छ,” उनले भने ।

रूसले क्षेत्रीय शक्तिहरूसँगको सम्बन्धमा सुधार गरेको छ । टर्किस राष्ट्रपतिसँगको भेट र जर्मन चान्सलर एंगेला मर्केलसँग पनि भेटको प्रस्ताव गरेर पुटिनले क्षेत्रीय शक्तिहरूसँगको सम्बन्ध सुधार गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार