कंचनपुर हत्याकाण्डका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दका क्रममा गिरफ्तार भएका नेता कार्यकर्ता अझै रिहा भएका छैनन् ।

काठमाडौं जिल्ला सदस्य रजमान लामा, क्रान्तिकारी विद्यार्थी संगठनका सन्तोष खड्का र उषाकिरण अझैं पनि प्रहरी हिरासतमा रहेको कम्युनिस्ट पार्टीले बताएको छ ।

लामालाई बालाजु प्रहरी बिटमा राखिएको छ भने सन्तोष र उषाकिरणलाई कालिमाटी प्रहरी चौकीमा राखिएको छ । उनीहरुलाई तुरुन्त रिहा गर्न पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले दबाब दिएका छन् ।

माथिको आदेश भन्दै प्रहरीले तत्काल छोड्न नसकेको बताउने गरेको कम्युनिस्ट पार्टी काठमाडौका एक जिल्ला सदस्यले बताए ।

देशका एक होनहान नागरिकमाथि भारतीय पक्षद्धारा गोली हानेर हत्या गर्दा केही गर्न नसक्ने सरकारले देशभक्त योद्धाको पक्ष र सार्वभौम नेपालको पक्षमा गरेको बन्दका क्रममा सहभागी पार्टी कार्यकर्तालाई गिरफ्तार गरेर सरकारले कायरता प्रदर्शन गरेको कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार