लाजिम्पाट होस् या बालुवाटारमा होस् । प्रचण्डका छोरा प्रकाश दाहालको दादागिरी र आतंक बढेपछि प्रचण्डको सचिवालयमा रहने टीमका सदस्यहरुले उनलाई छोड्न थालेका छन् ।

प्रचण्डपुत्र प्रकाशबाहेक उनका ल्याइते श्रीमती विनामगरले झन् माथिबाट हस्तक्षेप गर्न थालेपछि वालुवाटारमा बस्ने कुनैपनि नेता -कार्यकर्ताले असहज स्थिति भोग्नु परेको छ ।
हालै केही दिनअघि मात्र प्रधानमन्त्री निवास वालुवाटारमा प्रचण्डको सचिवाललयमा काम गरिरहेका मनहरि तिमिल्सिनाले प्रचण्डपुत्र प्रकाश र विनाको उपद्रोलाई सहन नसकेर राजिनामा दिएर हिडेका छन् ।
स्रोतका अनुसार वालुवाटारमा हरेक काममा प्रचण्डपुत्र प्रकाशले गरेको हस्तक्षेप र मनपरीलाई सहन नसकेर मनहरिले वालुवाटार छोडेका हुन् । उनले छोड्ने बेला घरायसी कामले भनेपनि भित्री कुरा प्रचण्डपुत्र र सीता अनि विनाकै कारण हो भन्ने कुरा वालुवाटार स्रोतले बताएको छ ।
मनहरिबाहेक अरु कयौं सचिवालय सदस्यहरुले अब वालुवाटार छोड्ने भएका छन् । यसअघि पनि वालुवाटार सचिवालयमा रहेका वरिष्ठ सदस्य रामदीप आचार्यले समते प्रचण्ड परिवारबाट भोगको सास्तीबारे विभिन्न मिडियामा आइसकेको थियो ।







