गोली चलेको ठाउँ

नेकपा एमालेले मेची–महाकाली अभियान अन्तर्गत मंगलबार नेपालगन्जमा सभा गरिरहेको छ। सभामा हजारौंको जनसहभागिता छ।

एमालेको सभा बिथोल्ने उद्देश्यले मधेसी मोर्चाले बन्द आह्वान गरेको छ। बन्दका कारण बजार, शिक्षण संस्था, लामो तथा छोटो दुरीका सवारी साधन ठप्प भएको प्रहरीले जनाएको छ।

यता बाँके जिल्लामा पर्ने गुलरिया- नेपालगञ्ज सडक खण्डको सोनपुर गोनाना भन्ने ठाउँमा एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्तावीच तनाव बढेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ ।

प्रहरीसँगको झडपमा दुर्इ जना मोर्चा कार्यकर्ता घाइते भएको बताइएको छ । कार्यक्रममा एमालेका नेताहरुले बोलिरहेका छन् ।

एमाले सभा

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार