
नयाँ शक्ति नेपालका नेता रामेश्वर खनाले सो पार्टी परित्याग गरेपछि बाबुरामलाई अर्को ठूलो झट्का परेको छ ।
मंगलबार सामाजिक संजाल ट्वीटरबाट उनले आफु नयाँ शक्तिमा कहिल्यै नरहेको बताएका छन् । उनले आफु राजनीतिमा रहन सक्ने क्षमता नरहेको समेत बताएका छन् ।
‘म कुनै पार्टीमा छैन । राजनीति मेरो क्षमताको विषय रहेनछ’ उनले भनेका छन्- ‘म कुनै पार्टीमा छैन’ ।

बाबुरामको नयाँ शक्तिमा निर्मल भट्टराईको ठूलो समुहले पार्टी छोड्ने धम्की दिइरहेको बेला खनालले त्यसअघि नै नयाँ शक्ति छाडेका छन् । यसले नयाँ शक्तिलाई ठूलो क्षति पुर्याउने आंकलन गरिएको छ ।
पार्टीमा बाबुरामले मनपरि गरेको, आफ्नो कुरालाई बाबुरामले व्यवहारमा कार्यान्वयन नगरेको र जसका कारण पार्टीमा बस्नुको अर्थ नरहेको भन्दै रामेश्वरले पार्टी परित्याग गरेको बुझिएको छ ।
उनी नयाँ शक्तिमा छदाँ आर्थिक नीति विभागको प्रमुख थिए ।







