नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले माओवादी सेना र राजाको सेनाको लडाइँमा विदेशी शक्तिका तलुवा चाट्ने संसद्वादीहरुले धुत्याईपूर्ण तरिकाबाट सत्ता प्राप्त गरेको  बताएका छन् ।

विप्लवले माओवादी शक्ति र राजावादी शक्ति दुवैलाई हराएर विदेशी शक्तिको दलाली गर्नेहरु हावी भएको बताए । उनले कांग्रेस र एमालेलाई इंगित गर्दै भनेका छन् ।

राजधानीबाट निस्कने पार्टी निकट जनगणतान्त्रिक मोर्चाको मुखपत्रलाई अन्तर्वार्ता दिदै महासचिव विप्लवले प्रचण्ड बाबुरामका कारण जनयुद्धले हार्नु परेको बताएका छन् ।

‘कांग्रेस एमालेले माओवादीले खारा युद्ध हारेपछि संसदवादीहरुसँग सहकार्य गर्न आएको भन्ने गरेका छन् । के साँचो हो ?’ भन्ने प्रश्नमा महासचिव विप्लवले त्यसलाई पूरै ठाडै अस्वीकार गरेका छन् ।

आफुहरु जनयुद्धबेला खारा मोर्चा हारेर शान्तिवार्तामा नआएको महासचिव विप्लवले प्रष्ट रुपमा बताएका छन् ।

उनले प्रश्नको उत्तर दिदै भनेका छन्-

‘प्रचण्ड बाबुरामहरुले उनीहरुलाई भन्ने ठाउँ राखिदिएकाले उनीहरुलाई भन्ने गरेका छन् तर हाम्रो अगाडि भन्न सक्दैनन् । त्यो गलत कुरा हो । त्यसको प्रतिरोध गर्नुपर्छ । हामीले खारामा युद्ध हार्दा हामीसँग ७ डिभिजन सेना मात्र थियो तर त्यसपछि त हामीले म्याग्दी जितेका छौं । काठमाडौंमा हमला गरेको बेलासम्म हामीले ७ डिभिजनसम्म सेना तयार पारिसकेका थियौं । एमाले कांग्रेसले भनेको कुरा सब गलत कुरा हो । बरु मलाई माक्र्सले भनेको कुरा याद आयो । लड्ने दुईवटै शक्तिले हारेर बीचको दलाल हावी भए । राजाको सेनाले पनि हारेको जस्तो र हामीले पनि हारेको जस्तो भएर बीचमा नलडेको भतुवा विदेशी शक्तिको तलुवा चाटेर खाने हामी हुन आइपुगेको जस्तो भएको छ । यसको जबाफ हामीले दिनैपर्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार