नेपाली राजनीति संक्रमणकालमा रुमल्लिरहेको बेला सत्ता गठबन्धनका एक खेलाडी एवं उप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि सोमबार भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।

उनी अझ उतै भेटघाटमा छन् । उनी दिल्लीमै रहँदा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई पनि विहीबार दिल्ली नै जाँदैछन् ।
नेपालको अस्थीर राजनीतिबाट भारतले लाभ उठाइरहेको बेला यी नेताहरु पुनः भारतलाई नेपाली राजनीतिमा सक्रिय भूमिका दिन यस्तो भ्रमण गरेको विश्लेषकहरुको राय रहेको छ ।
नक्कली राष्ट्रवादी र दलाल शक्तिहरुबीच शक्ति संघर्ष चर्किरहेको बेला सही अर्थको राष्ट्रवादी र क्रान्तिकारीबीच नयाँ धु्रवीकरण आजको आवयश्कता बनेको छ । दिल्लीको खेलमा कहिले एमाले, कहिले कांग्रेस र माओवादी केन्द्र खेलिरहेका छन् । त्यसैको परिणाम आज देश भारतको क्रिडास्थल बनेको छ ।
तर आज नेपाललाई चाहिएको सही अर्थको राष्ट्रवादी शक्ति हो । त्यो आजको सन्दर्भमा नेपाल कम्युनिस्ट पाटी मात्र हुन सक्छ ।







