दक्षिण कोरियाको राष्ट्रपतिको घोटाला काण्डदेखि मलेसियाको एमडीबी फन्ड (सरकारी योजनाको रकम आफ्नो बैंकमा लगिएको घटना) सम्मले भ्रष्टाचारको कालो धब्बा मेटाउन धेरै एसियाली देश असमर्थ रहेको देखाउँछ । तर, यस महादेशभित्र यो समस्या कति व्यापक छ त ?

ट्रान्सपरेन्सी इन्टरनेसनलले १८ महिना लगाएर गरेको सर्वेक्षणले यस क्षेत्रमा सुधारका लागि धेरै काम गर्न बाँकी रहेको तथ्य उद्घाटित गरेको छ । एसिया–प्रशान्त क्षेत्रका १६ देश, क्षेत्र र प्रदेशका २० हजार मानिससँग कुरा गरेर तयार पारिएको प्रतिवेदनले प्रति चार जनामा एक जनाले सरकारी सेवा उपभोग गर्न घूस खुवाउनु परेको तथ्य उजागर गरेको छ ।

यो तथ्यांक पूरै यस क्षेत्रमा देखिन्छ भने केही देशमा भने भ्रष्टाचार गहिरोसँग व्याप्त रहेको र दैनिक जीवनमा नै यसले असर गरेको पाइन्छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका आधारमा घूसको दर बढी भएका पाँच एसियाली देश निम्नअनुसार छन्ः

५. म्यानमारः घुस्याहाको दर ४० प्रतिशत

२०१३ मा भ्रष्टाचारविरुद्धको कानुन बनाए पनि सर्भेमा संलग्न आधाभन्दा बढी व्यक्तिले अत्यधिक र झन्डै सबै प्रहरी भ्रष्ट भएको प्रतिक्रिया दिए । ४० प्रतिशतले न्यायिक अंग भ्रष्ट भएको विश्वास गर्छन् । तर, जनताको आँखामा भने परिस्थितिमा सुधार हुँदै आएको छ । एक चौथाइ मानिसले के विश्वास गर्छन् भने पछिल्लो वर्ष भ्रष्टाचार झनै बढेको छ ।

४. पाकिस्तानः घुस्याहा दर ४० प्रतिशत

पाकिस्तानमा तीनचौथाइ उत्तरदाताले यहाँको प्रहरी करिब–करिब सबै नै भ्रष्ट भएको प्रतिक्रिया दिए । प्रहरी अथवा न्यायालयमा पुगेका मानिसमध्ये प्रतिदस जनामा सात जनाले घूस खुवाउनुपरेको थियो । दुःखको कुरा के हो भने मानिस यो अवस्थामा कुनै परिवर्तन आउँदैन भन्ने सोच्छन् । एकतिहाइ मानिसले मात्रै सामान्य जनताले परिवर्तन ल्याउन सक्छ भन्ने विचार राख्छन् ।

३. थाइल्यान्डः घुस्याहाको दर ४१ प्रतिशत

थाइल्यान्डमा हरेक तहमा (सरकारी अधिकारीहरूमा समेत) भ्रष्टाचार भएको आरोप लाग्ने गरेको छ । सत्तारूढ सैनिक शासक समर्थित वर्तमान जुन्ता सरकारले भ्रष्टाचारविरुद्धको ऐन २०१५ लाई सक्रिय पार्न लागेको छ । थाई जनता भने आशावादी देखिएका छन् । १४ प्रतिशत जनताले विगत १२ महिनामा भ्रष्टाचार बढेको अनुभव गरेका छन् । त्यस्तै झन्डै ७२ प्रतिशत जनताले भ्रष्टाचारविरुद्धको अभियानमा सरकारले राम्रोसँग काम गरेको विचार राख्छन् ।

२. भियतनामः घुस्याहाको दर ६५ प्रतिशत 

भियतनामीहरू भ्रष्टाचारलाई स्थानीय रोगका रूपमा लन्छन् । सर्भे गरिएका १६ देशहरूमध्ये भियतनाम (र मलेसिया) का जनता देशको अवस्थामा बारेमा सबैभन्दा बढी नकारात्मक रहेको पाइयो । भ्रष्टाचारविरुद्धको लडाइँमा सरकारले कामै गर्न नसकेको भनी विश्वास गर्नेमा करिब ६० प्रतिशत जनता रहेका छन् ।

१. भारतः घुस्याहाको दर ६९ प्रतिशत

६ वटा सरकारी सेवा विद्यालय, अस्पताल, पहिचान पत्र दिने संस्था, प्रहरी र उपयोगिता सेवाका क्षेत्रमा आधाभन्दा बढी मानिसले घूस खुवाउनुपरेको बताए । जे होस्, प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रष्टाचारविरुद्धको युद्धले विशेष प्रभाव पारेको छ ।

५३ प्रतिशत मानिस के विश्वास गर्छन् भने प्रधानमन्त्री मोदीले सही काम गरेका छन् अथवा धेरै राम्रो गरेका छन् । यसबाट जनताले सशक्तीकरणको अनुभूति गराएको छ । त्यस्तै ५३ प्रतिशत मानिसले सामान्य नागरिकले पनि धेरै फरक पार्न सक्छ भन्ने विश्वास गरेका छन् ।

तन्वी गुप्ता, फोर्ब्स

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार