नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको सम्पन्न बैठकले संसदवादीहरुले घोषणा गरेको स्थानीय चुनावलाई कुनै पनि हालतमा हुन नदिने निर्णय गरेको छ ।

बुधबार सम्पन्न कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले आगामी वैशाख ३१ गते गर्ने भनिएको स्थानीय निर्वाचनलाई हुनै नदिने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले देश र जनताको हित र आवश्यकताभन्दा बाहिर रहेको चुनावको कुनै औचित्य र अर्थ नरहेको बताएका छन् ।

उनले एक अनलाइनसँग कुरकानीमा भने  – ‘देशमा जनसंविधान र जनसत्ता जारी भइसकेको अवस्थामा र परिवर्तनका विरुद्धमा संसदीय व्यवस्थाले घोषणा गरेको प्रतिक्रियावादी अहिलेको चुनाव भएकोले यसलाई हुनै नदिने निर्णय बैठकले गरेको छ’ प्रवक्ता प्रकाण्डले अनलाइन डबलीसँग बताए ।

कम्युनिस्ट पार्टीले आगामी वैशाख ५ गतेबाट देशभर जनसभा गर्ने निर्णय गरको छ । वैशाख ५ गते कञ्चनपुरमा जनसभा गर्ने भएको छ । साथै विराटनगरलगायत मुख्य शहरहरुमा पनि जनसभा गर्ने भएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार