नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा, यूरोपले राजनीतिक, वैचारिक र विविध विषयमा विशेष अन्तरकृया र छलफलसहित यही १२ मार्चमा संगठनको विस्तारित बैठक सम्पन्न गरेको छ ।

नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष विष्णु भुजेलको अध्यक्षतामा बसेको विस्तारित बैठक शहिदहरुप्रति श्रद्धान्जली अर्पण गरेर सुरु भएको थियो ।

बेल्जियम, जर्मनी, स्पेन, बेलायत, पोर्चुगल लगायतका देशहरुबाट सहभागीता रहेको उक्त बिस्तारित बैठकले नेपालको वर्तमान सन्क्रमणकालीन राजनीतिक अवस्था र नेपालबाहिर बिभिन्न मुलुकमा रहेका नेपालीहरुको समस्यामाथि ब्यापक छलफल गर्‍यो ।

बैठकले फाल्गुण २९ गते कन्चनपुर जिल्ला पुनर्बास नगरपालिका ८ आनन्द बजारमा भारतीय सिमा सुरक्षाबलको गोली प्रहारबाट शहिद हुनु भएका गोविन्द गौतमप्रति सम्मान एबम् श्रद्धान्जली ब्यक्त गरेको छ ।

उक्त घटना नेपालमाथी भारतीय साम्राज्यवादको हस्तेक्षेपकारी नीतिको निरन्तरता ठहर गर्दै बिस्तारित बैठकले घोर भर्त्सना गर्‍यो ।

साथै, नेपालमा दलाल पूँजीवादी संसदीय व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापनाका निम्ती नेपाली जनताले गर्ने हरेक आन्दोलनमा पूर्ण एेक्यबद्धता जाहेर गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार