नेपाल कम्युनिस्ट पार्टीका अन्तराष्ट्रिय व्युरो इन्चार्ज धमेन्द्र बास्तोलाले उत्तर कोरियालाले आफ्नै विशेषतामा समाजवादको अभ्यास गरिरहेको बताएका छन् ।

नेपाल कोरिया समाजवाद अनुसन्धान केन्द्रद्धारा शुक्रबार राजधानीमा ‘कोरियाली समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता बस्तोलाले अमेरिकी साम्राज्यवादको ठूल्ठूला चुनौतीका बाबजुद उत्तर कोरियाले आफ्नै मौलिकतामा समाजवादको अभ्यास र विकास गरेको बताए ।

‘९० को दशकमा सोभियत रुसलगायत पूर्वी युरोपमा समाजवाद ढल्दा पनि कोरियामा समाजवाद टिक्न सकिरह्यो ।’ बास्तोलाले भने- ‘जुछे विचारधारामा आधारित कोरियाली समाजवादले मात्र बाह्य र आन्तरिक चुनौतीलाई झेलेर कोरियाली समाजवाद टिकाउन सकिरहेको छ ।’

चीन, उत्तर कोरिया र क्युवामा पृथक ढंगले समाजवादको अभ्यास भइरहेको बताउँदै कम्युनिस्ट पार्टीका नेता बास्तोलाले आजको विश्वमा सबै समस्याको हल वैज्ञानिक समाजवादले मात्र दिने बताए ।

कम्युनिस्टहरु अन्तराष्ट्रियतावादी हुने भन्दै नेता बास्तोलाले उत्तर कोरियाली कम्युनिस्ट पार्टीले विश्वभर क्रान्तिकारी कम्युनिस्टहरुसँग पारस्पारिक ढंगले सम्वन्ध विस्तार गर्नुपर्ने बताए ।

उत्तर कोरिया र अमेरिकाबीच सन् १९५० देखि १९५३ सम्म भएको लडाइँमा चीनका तत्कालीन नेतृत्व माओद्धारा गरिएको सहयोगले नै कोरियाको जित भएको सन्दर्भ कोट्याउँदै नेता बास्तोलाले कोरियाली कम्युनिस्ट पार्टीले पनि आजको विश्वभर रहेका कम्युनिस्ट पार्टीसँग भाइचारा सम्वन्धलाई नयाँ शिराबाट विकास गर्नुपर्ने धारणा राखे ।

सो अन्तरक्रियामा नेपालका लागि कोरियाली दुतावासका कन्सुलर किम शो होले कोरियाले ७० वर्षदेखि अमेरिकासगँ युद्धमा रहेर समाजवादको विकास गरिरहेको बताए ।

अनुसन्धान केन्द्रकी उपाध्यक्ष निभा शाहको अध्यक्षतामा संचालन भएको सो अन्तरक्रिया कार्यक्रममा अनुसन्धान केन्द्रका महासचिव सुदर्शन मंगोलले ‘काेरियाली समाजवाद’बारे संक्षिप्त अाधारपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अनुसन्धान केन्द््रमा रहेका सदस्यहरुले कोरियाली समाजवाबादबारे विभिन्न प्रश्न र जिज्ञासा राखेका थिए र त्यसको जबाफ कोरियाली कन्सुलर किम शो होले राखेका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार