दाङमा माओवादी केन्द्रमा रहेर काम गरेका १ सय भन्दा बढी जिल्लास्तरीय नेता-कार्यकर्ता नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

शनिबार एक प्रेस विज्ञेप्ती जारी गरेर रामु भुषाल, कुमार बिसी, प्रकाश बर्मालागयत १०८ जना माओवादी र कांग्रेसका नेता कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रले नेपाली जनताको परिवर्तनको चाहनालाई ढाँटेर संसदीय व्यवस्थामा चुर्लुम्ब डुबेर घात गरेको भन्दै उनीहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका छन् ।

‘यतिबेला माओवादी केन्द्रले संसदीय व्यवस्थालाई पुनस्थापना गर्ने, नेपाली जनतालाई ढाँट्ने र भारतीय विस्तारवादको नांगो दलाली गरेर नेपालको राष्टिय स्वाधिता बेचिरहेकोले आजैको मितिदेखि सम्पूर्ण हिसाबले माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दछौं ।’ माके छाडेका नेता कार्यकर्ताहरुको संयुक्त विज्ञेप्तीमा भनिएको छ ।

उनीहरुद्धारा जारी थप विज्ञेप्तीमा भनिएको छ- ‘आजैका मितिदेखि नेपालको दलाल संसदीय व्यवस्थाका विरुद्ध र राष्टिय स्वाधिनताको पक्षमा लडिरहेको पार्टी नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध हुने घोषणा गर्दछौ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार