नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले क्रान्तिकारी कम्युनिस्ट पार्टी (आरसीपी) अमेरिकाले लिएको नयाँ विचार ‘न्यु सेन्थेसिस’लाई सकारात्मक रुपमा लिनु पर्ने बताएका छन् । महासचिव विप्लवले न्यु सन्थेसिस र आफ्नो पार्टीले संश्लेषण गरेको एकीकृत जनक्रान्ति मालेमावादको जगमा विकसित नयाँ विचार भएको बताएका छन् ।

आजको पछिल्लो उत्तर साम्राज्यवादको चरित्रलाई अध्ययन गरेर लिएको नयाँ विचार ‘न्यु सेन्थेसिस’ले पछिल्लो समयमा विश्व कम्युनिस्ट आन्दोलनमा देखा परेका चुनौतीहरुलाई हल गर्नमा समाधान दिने महासचिव विप्लवको भनाई छ ।
नेपाल कम्युनिस्ट पार्टीको उपत्यका व्युरोको मुखपत्र हाम्रो संश्लेषणमा लामो अन्तर्वार्ता दिदै महासचिव विप्लवले भौतिक विज्ञानमा आएका परिवर्तन र विकाससँगै सामाजिक विज्ञानमा पनि त्यहीअनुरुप परिवर्तन र विकास अनिवार्य हुनुपर्ने बताएका छन् ।
गतिशील विज्ञानको नियमभित्र रहेर आजको पछिल्लो विश्वमा अमेरिकामा न्यु सेन्थेसिस र नेपालमा एकीकृत जनक्रान्ति आफ्नै विशेषतामा नयाँ र मौलिक विचार भएको महासचिव विप्लवको कथन रहेको छ ।
महासचिव विप्लवसँगको वार्ताको छोटो अंश ः
कसैले यो एकीकृत जनक्रान्तिको कार्यदिशालाई आरसीपी अमेरिकाका अध्यक्ष बब अभायकिनले विकास गर्न खोजेको न्यु सिन्थेसिससँग तुलना गरेर पनि हेर्न खोजेको पनि देखिन्छ । यसलाई कसरी बुझ्ने ?
हामीले सकारात्मक ढङ्गले हेर्ने कुरा के छ भने आजको साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध लड्न हिजोका सिद्धान्तको अन्धानुकरण गरेको सफलता हात लाग्ने देखिँदैन । जसरी आरपीसि अमेरिकाले नयाँ ढङ्गले बहस र संश्लेषण गर्न खाजिरहेको छ, त्यसलाई हामीले सकारात्मक ढङ्गले हेर्नुपर्छ । तर त्यहाँका कमरेडहरु अमेरिकामा बसेर जुन निचोड निकाल्नु भएको छ, त्यो उहाँको कुरा भयो । आसगरी पछिल्लो समयमा साम्राज्यवादमा आएको परिवर्तन र त्यसका चरित्रलाई अध्ययन गरेर हल गर्ने गरी जसरी आरसीपीले सापेक्षतामा नयाँ गर्नुपर्छ भन्ने कोणबाट आएको कुरा छ, त्यो मूलतः ठीक छ ।
जहाँसम्म हाम्रो संश्लेषणको कुरा छ, यो आरसीपीसँग सम्बन्धित छैन । यसो भनेर कम्युनिस्ट अन्तर्राष्ट्रियतावादबाट भाग्न मिल्दैन । यो होकि आफ्नो देशमा गर्ने क्रान्तिसँग जो कयौँ सैद्धान्तिक विषयहरु विश्व कम्युनिस्ट आन्दोलनसँग पनि जोडिएका छन् । क्रमशः यसलाई बुझाउँदै जान्छौँ ।
होइन, बब अभायकिनले लिएको न्यु सिन्थेसिले पेरिस कम्युनदेखि महान् सर्वहारा सांस्कृतिक क्रान्तिको चरणसम्म आउँदा एउटा लहरको अन्त्य भएको भनेर जुन निष्कर्ष निकाल्यो त्यो विसर्जनवादी विचार आयो भनेर आलोचना पनि भइरहेको छ नि ?
त्यसलाई हामीले गलत बुझाइ भनेका छौँ । अलि नयाँ भन्नेवित्तिकै झस्किने र तर्सिने समस्याले यस्तो देखेको हो । यति छिट्टै अनावश्यक टिप्पणी गर्न जरुरी छैन । खासगरी वैज्ञानिक अनुसन्धानहरुलाई हामीले बडो गम्भीरतापूर्वक हेर्नुपर्छ । भौतिक विज्ञानमा न्युटनको सिद्धान्तलाई आइन्स्टाइनको सिद्धान्तले समृद्ध ग¥यो । पछि आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तलाई अनिश्चयको सिद्धान्तले थप विकसित ग¥यो । अहिले हकिन्सको नयाँ सिद्धान्त जुन छ, त्यसले अहिलेसम्म भएका सबै विज्ञानका विकासलाई एकीकरण गरेर एकीकृत भौतिकीको सिद्धान्त निर्माण गर्नेतिर गइरहेको छ । यदि कम्युनिस्टहरुले गर्ने अनुसन्धानले वैज्ञानिक समाजवादमा पुग्न सघाउ पु¥याउँछन् भने हैरान हुनुपर्ने कुनै कारण छैन ।
समाज विज्ञानमा माकर््िले आफ्नो विचार निर्माणमा फायरवाखको विचारबाट शिक्षा लिएको देखिन्छ । यसरी हेर्दा बब अभायकिनले न्यु सिन्थेसिसको बहस र हामीले लिएको एकिकृत जनक्रान्तिको बहस माक्र्सवादको अन्त्य गर्ने कुरा गरिएको छैन । वैज्ञानिक समाजवादको चिन्ताले गरेको देखिन्छ । आजको साम्राज्यवाद र दलाल पुँजीवादलाई फाल्न जसले नयाँ विचार लिन्छ, त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।







