कम्युनिस्ट समाजवाद र साम्यवादमा ‘बृद्धहरुलाई आदरको घर’ भन्ने नीति धेरैले सुन्ने गरेका थिए । यसको अभ्यास सोभियत रुस र माओकालीन चीनमा पनि लागु भएको थियो ।

तर नेपालमा नेपाल कम्युनिस्ट पार्टीले क्रान्ति सम्पन्न नहुँदै कम्युनिस्ट आन्दोलनमा लामो समय योगदान गरेका नेताहरुलाई संरक्षण गर्ने नीति लिएको छ । त्यो नीति हालै पार्टीको केन्द्रीय समितिको बैठकबाट यो नीतिले पूर्णता पाएको हो ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ७० वर्ष उमेर पुगेका आफनो पार्टीका नेताहरुलाई सक्रिय राजनीतिबाट विदा गरी जीवन निर्वाह भत्ता दिने निर्णय गरेको छ। सो पार्टीका नेतात्रय र्इश्वरी दाहाल, चित्रबहादुर आले र राम लखनलार्इ उचित संरक्षण गर्ने कम्युनिस्ट पार्टीले लिएको हो ।
साथै पार्टीले कम्युनिस्ट आन्दोलनमा लामो समय त्याग र योगदान गरेका नेताहरुलाई संरक्षण गर्नकै लागि भनेर अक्षयकोष निर्माण गर्ने नीति पनि पारित गरेको छ ।

तत्कालका लागि १० लाख रुपैयाको अक्षयकोष स्थापना गर्न लागिएको सो पार्टीले जनाएको छ। जीवन निर्वाह भत्ता पाउन लागेका तीनै जना नेताले सो पार्टीको स्थायी समिति सदस्यबाट विदा लिएका छन भने उनीहरु सल्लाहकारको भूमिकामा पुगेका छन।
जीवन निर्वाह भत्ता पाउन लागेका चित्रबहादुर आलेलाई सर्लाहीको हरिवनमा दुई कोठे घर पार्टीको आन्तरिक स्रोतबाट बनाइने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको यो नीतिले कम्युनिस्ट आन्दाोलनमा लामो समय योगदान गरेका नेताहरुलले सकारात्मक रुपले हेरेका छन् । यो साम्यवादी सुसंस्कृत नीति हो । यसको अभ्यास कम्युनिस्ट पार्टीले जीवन व्यवहारमा गरेर देखाएको छ ।







