माओवादी केन्द्रका हरेक बैठकमा प्रचण्डपछिका दोस्रो नेताको रुपमा रहेका नारायणकाजी श्रेष्ठ प्रकाशले हरेक कुरामा प्रचण्डलाई चुनौती दिन थालेपछि त्यहाँ समानान्तर पार्टी बन्न थालेको चर्चा छ ।

स्रोतका अनुसार नारायणकाजीले आफ्नो फरक मतको पक्षमा पूर्व एकताकेन्द्रभित्र मात्र होइन टोपबहादुर रायमाझी, शक्ति बस्नेतलगायतका नेताहरु पनि रहेको उनको जिकिर छ । अदि बढी जातिवादी भएपनि राष्टियताको सन्दर्भमा देव गुरुनको लाइन ठीकै भएपनि रामबहादुर थापाको भूमिका बुझ्नै नसक्ने पहेँली भएको श्रेष्ठको भनाई छ ।

कुरा गर्दै जाँदा ठीकै भन्ने पनि लाग्ने, कतै आफ्नो स्वतन्त्र धारणा नहुँदा विचार नै मरेको हो कि भन्ने पनि लाग्ने भन्ने कुरा नारायणकाजीले एमालेका एक नेतासँग चिन्ता व्यक्त गरेका छन् ।

‘क्रान्तिकारी माओवादीबाट एकतामा जोडिएका पम्फा भुसालसहितको एउटा हिस्सा त प्रचण्डसँगै लम्पसार परिसकेको छ ।’ नारायणकाजीले भन्ने गरेका छन्- ‘मैले नारायण दाहाललाई प्रशासनिक सल्लाहकार हुनुहुन्न भनेर कुरा उठाएँ, कोही बोल्दैन । प्रचण्डको छोरालाई जागिर नदिस्, भोलेण्टिएर बनाउनुस् भने, कोही बोल्दैनन् ।’

नारायणकाजीको सही अडानका कारण पार्टीमा उनको पकड बलियो बन्दै गएको स्रोत बताउँछ । स्रोत भन्छ, स्थानीय निर्वाचनमा माओवादी केन्द्रको लज्जाजनक परायजपछि प्रचण्डलाई चुनौती दिनसक्ने गरी श्रेष्ठ नेतृत्वमा आउन सक्छ ।

साँघुबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार