चीनसँग व्यापारिक तथा जुनसुकै युद्ध गर्न पनि तयारी छौ भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्को भाषण गरेपनि अन्ततः उनी चीनसँग झुक्न बाध्य भएका छन् ।

खासगरी ट्रम्पले आफ्ना विदेशमन्त्रीलाई चीनमा पठाएर राष्ट्रपति सिसँग भेटका लागि बन्दोबस्त गर्न । अमेरिकी विदेशमन्त्रीको चीन भ्रमणको मुख्य उद्देश्य टम्पको भ्रमण ठोस गर्नु थियो ।

यसपछि चीन र अमेरिकाका राष्ट्रपतिको भेटवार्ताको तयारी तिव्र पारिएको छ । दुई देशका विदेश मन्त्रीले दुई देशका राष्ट्रपतिको प्रत्यक्ष भेटबार्ताका लागि पूर्वतयारी स्वरुप विभिन्न छलफल गरेका छन् ।

चीनका विदेश मन्त्री वाङ यी र अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले शनिबार दिउसो बेईजिङमा साझा एजेण्डाका बारेमा कुराकानी गरेका छन् ।

वाङले अमेरिकी राष्ट्रपतिको भ्रमणलाई अत्यन्त महत्वपूर्ण बनाउनेगरी तयारी गरिरहेको टिलर्सनलाई बताए । विदेश मन्त्रीका रुपमा टिलर्सनको यो पहिलो चीन भ्रमण हो ।

टिलर्सनले पनि दुई देशबीचको छलफल र सहकार्य निरन्तर र सुमधुर भइरहेको विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार