नेपाल कम्युनिस्ट पार्टीको विशेष उपत्यका व्युरोले उपत्यकामा कथित निर्वाचनलाई खारेज गरेर जाने अभियान संचालन गर्ने भएको छ ।

भ्रष्ट, दलाल, कमिशनखोर र माफियाहरुलाई चुन्ने प्रतिक्रियावादी संसदीय चुनावअन्तर्गत वैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई खारेज गरेर जाने बैठकले विशेष जोड दिएको छ ।
दुई दिनसम्म बसेको उपत्यका व्युराको बैठकले उपत्यकाकाका काठमाडौं, ललितपुर र भक्तपुरका सबै क्षेत्रहरुमा कथित निर्वाचन खारेज अभियान संचालन गर्न तीन महिनो अभियानको ठोस गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं विशेष उपत्यका व्युरो इन्चार्ज सन्तोष बुढामगरको अध्यक्षतामा बसेको बैठकले उपत्यकाका तीन जिल्लामा केन्द्रीकृत र सापेक्ष केन्द्रीकृत अभियान संचालन गरेर लैजाने निर्णय गरेको छ ।
सो अभियानमा सयौंको संख्यामा युवाहरु परिचालन गरेर चुनाव खारेज अयिभानलाई तीव्रतमा लैजाने पार्टीका केन्द्रीय सदस्य आजाद केसीले जानकारी दिए ।
अभियानको शुरुमा स्थानीय चुनावको प्रचार प्रसार अभियानलाई जोड दिने, त्यो बीचमा केन्द्रीकृत भण्डाफोर अभियानदेखि जिल्लाका प्रत्येक गल्ली र चोकहरुमा समेत चुनाव भण्डाफोर अभियानलाई लैजान पार्टीले जोड दिएको छ ।







