नेकपा एमालेले वैचारिक रुपमा कम्युनिस्ट विचार परित्याग गरेको थियो नै अहिले आएर व्यवहार र संस्कारमा समेत त्यसको प्रष्ट झल्को दिएको छ ।

 

सो पार्टीले संचालन गरेको मेची महाकाली अभियानका क्रममा कम्युनिस्ट पार्टीको झण्डाको साटो राष्टिय झण्डा मात्र राख्ने निर्णय गरेको छ । साथै उसले कम्युनिस्टहरुको अन्तराष्ट्रिय गीतलाई समेत बदलेर नेपालको राष्ट्रिय गीत रोज्नुले एमाले अब पूर्णतः कम्युनिस्ट विचारबाट टाढा पुगेको विश्लेषण गर्न थालिएको छ ।

जहाँ कि यसअघि सबै कार्यक्रमहरूमा अन्तरराष्ट्रिय गीत ‘अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ गाएर उनीहरुको कार्यक्रम शुरु हुन्थ्यो । अब यो प्रचलनलाई परिवर्तन गर्दै नेकपा एमालेले आफ्ना कार्यक्रमहरु राष्ट्रिय गानबाट शुरु गर्न थालेको छ ।

एमालेका पछिल्ला कार्यक्रमहरुमा कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय गीत गाउन वा बजाउन भने छाडिएको छ ।

हुन त धेरैले एमालेलाई कम्युनिस्टको रुपमा चिन्दैनन् । नेपालमा कम्युनिस्टप्रतिको आम मान्छेको झुकावलाई तान्न उसले नामका लागि भएपनि कम्युनिस्ट साइनबोर्ड झुण्ड्याउने काम गरिरहेको छ ।

आफ्नो असली चरित्र एमाललेले देखाएकोमा धेरैलाई अनौठो नमालेको विश्लेषकहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार