नेकपा एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले नेपाल कम्युनिस्ट पार्टी निकटको नाममा चन्दा अातंक मच्चाउदै हिडिरहेकाे अवस्थामा अखिल (क्रान्तिकारी)ले रंगेहात नियन्त्रणमा लिएको छ ।

क्रान्तिकारीले नेकपाको नाममा चन्दा उठाउदै  गरेको अवस्थामा अखिलका केन्द्रीय सदस्य सन्तोष तिमेल्सना र तिलक खड़कालार्इ  रंगेहात समातेको हाे । तिम्सेनालार्इ नापी कार्यालय कलंकी र खड्कालार्इ यातायात कार्यालय एकान्तकुनाबाट नियन्त्रणमा लिएको क्रान्तिकारी उपत्यका समितिले   जनाएको  छ ।

उनीहरूले केही समय अघिदेखि कलंकीस्थित नापी कार्यालयमा ‘हामी नेपाल कम्युनिष्ट पार्टीकाे मान्छे  हो, हामीलार्इ चन्दा चाहिन्छ’ भन्दै  फाेन गरेर धम्क्याउदै अाएका रहेछन् । याे विषायमा हामीले अनुुन्धान गर्दै जाँदा अाज तिम्सिना र खड्कालार्इ रंगेहात समात्याैं र प्रहरीलार्इ बुझायाैं ।’ क्रान्तिकारीका एक नेताले डबलीसंग भने । खड्का अखिलका पशुपति क्याम्पसका नेता हुन् ।

आफ्नो संगठनले यस विषयमा थप अनुसन्धान गरिरहेको  उनको  भनार्इ छ । यस्तै क्रान्तिकारीकी नेतृ सुनिता बमले  अाफ्नाे संगठनको नामलार्इ बदनाम गर्दै हिड्ने गिरोहलाइ हदैसम्मको कार्बाही गर्न प्रशासनलार्इ माग गरेकी छिन् ।

‘हामी यस्ता अनैतिक कार्य नगर्न नगराउन सबैलार्इ अनुरोध गर्दछाैं।’ क्रान्तिकारीकी सिटिइभिट इन्चार्ज बमले भनिन, – ‘ यस्ता कुनै घटना भए सम्बन्धीत पक्षलाइ सुचना दिएर सहयोग गर्न अनुरोध पनि गर्न चाहान्छाैं।’

अनेरास्ववियुका तिम्सिना र खड्काले फाेन गरेरै नेकपाकाे नाममा नापी कार्यालयबाट चन्दा माग गरेका थिए । उनिहरूले अाफुहरूलार्इ तत्काल ५० हजार नदिए ज्यान मार्ने धम्की दिदै अाएकाे नापी कार्यालयका एक कर्मचारीले बताए ।

त्याे कुरा क्रान्तिकारीले थाहा पाएपछि उसले सत्यतथ्य पत्ता लगाउन गाेप्य ढंगबाट अनुसन्धान थालेकाे थियाे । बुधबार दुबैजनालार्इ पैसासहित समातेर कारवाहीका लागि प्रहरीसमक्ष बुझाएकाे क्रान्तिकारीले जनाएकाे छ ।

अनलाइनडवलीबाट ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार